

कोभिड–१९को संक्रमण फेरि बढ्यो तर सञ्चालनमा आउँदैनन् होल्डिङ सेन्टर
काठमाडौं/कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका सङ्क्रमित राख्न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । सरकारले सञ्चालनमा ल्याउने निर्णय गरेको झन्डै दुई वर्ष पूरा हुन लाग्दा पनि ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र सञ्चालन हुन सकेको छैन ।
२०७८ वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमाका विभिन्न आठ स्थानमा ‘होल्डिङ सेन्टर’ निर्माण गर्ने निर्णय गर्दै सोको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै ‘होल्डिङ सेन्टर’ निर्माणका लागि सेनालाई अर्थ मन्त्रालयबाट १९ करोड रुपियाँ निकासा भएको थियो ।
नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता कृष्णप्रसाद भण्डारीले भौतिक रूपमा आठवटै ‘होल्डिङ सेन्टर’ निर्माण सम्पन्न भई निर्माण कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरिसकेको जानकारी दिए । उनले भने, “होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी नेपाली सेनाले पूरा गरिसकेको छ । अहिले ‘होल्डिङ सेन्टर’ नेपाली सेनाको मातहतमा आइसकेका छन् ।’’ उनका अनुसार सेनाले ‘होल्डिङ सेन्टर’ निर्माणको मात्र जिम्मेवारी पाएको हो, सञ्चालनको होइन ।
‘होल्डिङ सेन्टर’ सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसलाई हस्तान्तरण गर्ने भन्नेबारे अहिलेसम्म निर्णय हुन नसकेको सैनिक प्रवक्ता भण्डारीले स्पष्ट पारे । मन्त्रिपरिषद्ले नेपाल–भारत सीमानाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको विराटनगर (रानी), कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । ‘होल्डिङ सेन्टर’हरू कोभिड–१९ का सङ्क्रमितका लागि क्वारेन्टाइन, आइसोलेसन तथा उपचार गर्नेगरी बहुउद्देश्यीय भवनका रूपमा निर्माण गरिएका छन् । यसमा होल्डिङ सेन्टर, आइसोलेसन केन्द्र, अक्सिजन थेरापीसहितको अस्पतालका रूपमा समेत उपयोग गर्न सकिनेगरी डिजाइन गरिएको छ । आठवटै ‘होल्डिङ सेन्टर’ निर्माणको जिम्मेवारी हनुमान कन्स्ट्रक्सन निर्माण कम्पनीले पाएको थियो । आजको गोरखापत्र दैनिकबाट
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



