

दुई स्थानका नवनिर्मित प्रहरी चौकी उदघाटन
काठमाडौं फागुन १५ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहत प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको उदघाटन भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले उक्त नवनिर्मित प्रहरी चौकीहरूको हाताभित्र शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच उदघाटन गर्नुभएको हो । साथै उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभएको थियो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले प्रहरी कर्मचारीहरूले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जनचाहनाबमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी नायव महानिरीक्षक बिसीले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरूलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभएको थियो ।
नेपाल सरकारबाट विनियोजित २ करोड ६ लाख ३१ हजार ३ सय ३२ रूपैयाँको लागतमा प्रहरी चौकी टुटे देउराली संखुवासभा र प्रदेश सरकारबाट बिनियोजित १ करोड २५ लाख ९२ हजार ९४ रूपैयाँको लागतमा प्रहरी चौकी जिरिखिम्ती तेह्रथुम भवनको निर्माण कार्य सम्पन्न भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
समाज
थप सामाग्री-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
-
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
१ दिन अगाडि
1.7kViews 426 Shares Share on Facebook Share on Twitter हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई…



