

एमसीसीबारे निर्णय लिन जसपा मा आज छलफल हुने
काठमाडौं, १५ फागुन ।
सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझैँ अनिर्णीत बनेको छ । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसी बारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन ।
निश्कर्ष बिनै सकिएको बैठक आज पनि बस्नेछ । शुक्रबारदेखि बैठक जारी छ । आज बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।
शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भ ट्टराई पक्षले चर्को आलोचना गरेको थियो ।
डा. भट्टराई एमसीसी संसद्बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । उता यादव भने एमसीसीका विषयमा मौन छन् ।
समाज
थप सामाग्री-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.8kViews 355 Shares Share on Facebook Share on Twitter मेष- व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि…



