

काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु
काठमाडौं ।काठमाडौँलगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा। लेखराज दाहालले जानकारी दिए ।
विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले सङ्क्रमण देखिएको ठाउँमा तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय भएको विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताए ।बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने उनले बताए । विभागका प्रवक्ता ढकालका अनुसार कास्की, लम्जुङ, सिन्धुपाल्चोक, उदयपुरलगायत बर्डफ्लु रोगको आशङ्का भएको ठाउँबाट नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । त्यहाँ नमुना परीक्षण हुँदा बर्डफ्लु देखिएपछि समितिको बैठक बसेको थियो । बिहीबार चितवनमा बर्डफ्लु फेला परेको थियो भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो । त्यसलाई चार किल्ला कायम गरी नियन्त्रणमा लिने काम भएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.8kViews 355 Shares Share on Facebook Share on Twitter मेष- व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि…



