

रुसविरुद्धको लडाईंमा विदेशी पनि समावेश हुन युक्रेनका राष्ट्रपतिको अपिल
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले विदेश लडाकूमार्फत् युक्रेनमा विदेशी सेना बनाउने अपिल गरेका छन् ।राष्ट्रपति जेलेन्स्कीले सोसल मिडियामा पोस्ट गर्र्दै कुनै पनि आकार युक्रेनसँग काँधमा काँध मिलाएर लड्न सक्ने बताएका छन् ।पोस्टमा लेखिएको छ, ‘युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की संसारभरीका सबै नागरिक, युक्रेनका साथीहरुलाई शान्ति र लोकतन्त्रका लागि सम्बोधित गरिरहेका छन् । ’युक्रेनको सेनामा समावेश हुन चाहने युरोप वा संसारका कुनै पनि इलाकाका जनता अघि बढ्नुहोस् र युक्रेनसँग काँधमा काँध मिलाएर रुसी युद्ध अपराधीविरुद्ध लड्न सक्नुहुन्छ ।’अर्को एउटा विस्तृत पोस्टमा विदेशी नागरिक कानुनी रुपमा युक्रेनको सेनामा समावेश हुनसक्ने र यसका लागि भिन्न युनिट बनाउन लागिएको उनले बताए । यसलाई ‘युक्रेनको क्षेत्रीय रक्षाका लागि अन्तर्राष्ट्रिय सेना’ नाम दिइएको छ ।युक्रेनका राष्ट्रपतिले लडाईंमा युक्रेनलाई एक्लै छोडिएको भन्ने कुरामा पहिले पनि जोड दिएका थिए ।युक्रेनको पश्चिमी सहयोगीले हतियार र गोला बारुद त पठाएको छ तर आफ्नो सेना पठाएको छैन । युक्रेन नेटो डिफेन्स अलायन्सको हिस्सा होइन ।
समाज
थप सामाग्री-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.8kViews 355 Shares Share on Facebook Share on Twitter मेष- व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि…



