

नेपालको संसदबाट एमसीसी पारित भएसँगै अमेरिका ले गर्यो स्वागत
काठमाडौं फागुन १६ । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएसँगै संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी पास भएको केही घण्टामै आइतबार राति विज्ञप्ति जारी गर्दै नेपालको निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा एमसीसी कार्यान्वयनको दिशातर्फ अघि बढेको पनि बताइएको छ। अमेरिकाले संसदको निर्णयसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनुका साथै विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने पनि जिकिर गरेको छ । एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो,’ दूतावासले भनेको छ, ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्नेछ ।’दुई देशबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको भन्दै दूतावासले नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई अमेरिकाले निरन्तर समर्थन गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमसीसीले गरिबी निवारणमा सहयोग पुग्ने भन्दै अमेरिकाले ५ वर्षे सम्झौता कार्यान्वयनको दिशामा अब अघि बढ्न सकिने बताएको छ । अमेरिकाले दुई देशबीचको सम्बन्धको ७५ औं वर्षमा नेपालमा अपत्यारिला परिवर्तनहरू भएको उल्लेख गर्दै यी परिवर्तनहरुमा सदैव नेपालको साथमा रहेको पनि बताएको छआइतबार प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता बहुमतले पारित भएको थियो । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए । त्यसअघि एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो ।
समाज
थप सामाग्री-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.8kViews 355 Shares Share on Facebook Share on Twitter मेष- व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि…



