

व्याख्यात्मक टिप्पणी गर्नु गलत : एमाले
काठमाडौं : एमालेले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्नु गलत भएको जनाएको छ। अन्तर्राष्ट्रिय कानुनले नचिनेको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहने एमालेको दाबी छ। एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा जबर्जस्ती पारित गर्नु गलत भएको बताए। ‘अन्तर्राष्ट्रिय कानुनले यो व्याख्यात्मक टिप्पणी चिन्दैन। यसरी पारित गर्नु भनेको लाज पचाउनु र सत्ता मोह मात्रै हो,’ उनले भने, ‘नहुनुपर्ने भयो।’ उनले नेपाल जस्तो जिम्मेवार मुलुकले यो कसरी गर्यो भन्ने कुरा आएमा यसको जिम्मेवारी, जवाफदेही को हुने भन्दै प्रश्न गरे। एमसीसी दुई पक्षीय सम्झौता हो। जुन अनुमोदन गरियो भनिएको छ, तर दुईपक्षीय सम्झौतामा आरक्षण हुँदैन, व्याख्यात्मक टिप्पणीको नाममा जे गरियो त्यो गलत हो,’ उनले भने। प्रमुख प्रतिपक्ष दलसँग छलफल र सल्लाह नै नगरी एकतर्फी रूपमा व्याख्यात्मक टिप्पणी गरिएको उनले बताए। संसद्मा बोल्ने अधिकांश सांसदले पनि यो स्थितिमा जबर्जस्ती गर्न नहुनेमा ध्यानाकर्षण गराएको उनले बताए।सत्तापक्ष र सभामुखले सदन रोकेर विपक्षीको माग सम्बोधन गरेर मात्रै यस्तो संवेदनशील विषयमा निर्णय गर्नुपर्नेमा नगरेकोमा उनको आपत्ति थियो। एमालेले विगत ६ महिनादेखि १४ जना सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्ने मागसहित संसद् अबरोध गरिरहेको छ। उसले पछिल्लो समयमा सूचना टाँस नभएको भन्दै सभामुखको पनि राजीनामा माग गरिरहेको छ।
समाज
थप सामाग्री-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.8kViews 355 Shares Share on Facebook Share on Twitter मेष- व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि…



