

गाईघाटमा पाँच दिने पत्रकारिता तालिम सम्पन्न
उदयपुर, १७ फागुन ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन पाँच दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ ।
पत्रकारिताप्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले तालिमको आयोजना गरेको हो । तालिमको अभाबमा सामाजिक संजाल, युटुव च्यानलमा जथाभाबी सूचनाहरु प्रशारण गर्दा सिंगो पत्रकारिताक्षेत्र प्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले महासंघले उनीहरुलाई समेत लक्षित गरी तालिम आयोजना गरेको अध्यक्ष भरत खड्काले बताए ।
प्रदेश सभा सदस्य अम्बिका थापाको संसदीय विकास कोष र त्रियुगा नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा उदयपुर र छिमेकी जिल्ला खोटाङ्गका गरी ५० जनाको सहभागिता रहेको उनले बताए ।
पाँच दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजयप्रसाद मिश्र, वरिष्पठ त्रकार कौशल चेम्जोङ्गले गर्नु हुने तालिम संयोजक गणेश उप्रेतीले जानकारी दिए ।
सोमबार तालिमको उद्घाटन गर्दै प्रदेश सांसद थापाले निष्पंक्ष पत्रकारिता आजको आवश्यक भएको हुँदा दलिय स्वार्थभन्दा माथि उठेर स्वतन्त्रपुर्वक कलम चलाउन सबै पत्रकारलाई आग्रह गरिन् । मुलुक परिवर्तन पत्रकारहरुले चलाएको कलमबाट भएको स्मरण गर्दै थापाले राजनीतिक आश्था र विचारलाई थाति राखेर कलम चलाउन सके मात्र देश र जनताले राहत पाउने उनको भनाइ थियो ।
शाखाका अध्यक्ष भरत खड्का अध्यक्षता, उपाध्यक्ष गंगा राईको स्वागत मन्तव्य र सचिब विश्वराज तामाङ्गको सञ्चालनमा भएको कार्यक्रममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग, त्रियुगा नगरपालिकाका सामाजिक शाखा प्रमुख विश्वजित राई, महासंघका पुर्वअध्यक्ष कुशलबाबु बस्नेत, पत्रकार हरिकुमार राई, भोटराज राई, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली आ आफ्नो धारणा राखेका थिए ।
समाज
थप सामाग्री-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.8kViews 355 Shares Share on Facebook Share on Twitter मेष- व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ । आम्दानीमा वृद्धि…



