

भान्सामा काम गर्नाले पनि मानसिक तनाव कम हुने :अध्यन
काठमाडौँ/विभिन्न अध्ययनले देखाएअनुसार, भान्साको कामले कतिपय मानसिक तनाव कम गर्दछ । जब तपाईं कुनै मिठो खानेकुरा बनाउने सोच्नुहुन्छ । थरीथरीका सागसब्जी तयार गर्नुहुन्छ । नयाँ नयाँ परिकार बनाउने अभ्यास गर्नुहुन्छ । तपाईंको ध्यान ति परिकारमा केन्द्रित हुन्छ अन्यत्र जाँदैन ।
खानेकुरा आफुले भनेजस्तै स्वादको बन्ने आफुले तयार गरेको परिकार खाएर अरुले के भनेर नयाँ स्वादमा रमाउनेछन्
यस्ता कौतुहलताले खुसी पनि दिने गर्दछ ।
भान्साको काममा सबै सहभागी हुने । थरीथरीका परिकार बनाउने । कसरी परिकार स्वस्थ्य र मिठो बनाउने भन्नेजस्ता कुरामा रमाइलो होडबाजी गर्न सकिन्छ ।
खाना पकाउनु कला हो, यसलाई ‘पाककला’ भनिन्छ ।
भान्सा भनेको हाम्रो खानाको स्रोत हो । खाना भनेको प्राण हो । खाना नै ति सम्पूर्ण स्रोत हुन्, जसले हामीलाई पोषण दिन्छ ।
त्यसो हो भने हामीले स्वास्थ्य एवं तन्दुरुस्त जीवनका लागि भान्सालाई महत्व दिनुपर्छ । यदि भान्सामा राम्रो खानेकुरा भएन, पकाउने शैली राम्रो भएन, फोहोर भयो भने त्यसले परिवारलाई रोगी बनाउँछ ।
तर नबुझेको कुरा के भने, भान्साको काम गृहणीले मात्र गर्नुपर्छ । अर्थात छोरी–बुहारीले मात्र भात–भान्साको काम गर्नुपर्छ । मानौ, भान्साको काम छोरी–बुहारीको पेवा काम हो ।
यो पुरातन मान्यता हो । घर९परिवारमा कामको बाँडफाड सन्तुलित र न्यायोचित ढंगले हुनुपर्छ । यसर्थ छोरी–बुहारीले भात वा भान्साको काम सम्हाल्नु हुँदैन भन्ने होइन । यद्यपी भान्साको काममा परिवारका सबैले मिलिजुली गर्दा थप खुसी मिल्छ ।
श्रीमान सागसब्जी पकाइरहँदा श्रीमतीले अचार बनाउन सक्छिन् । यसमा छोराछोरी पनि सहभागी हुन सक्छन् । सबैले मिलिजुली काम गर्दा भान्साको माहौल रमाइलो हुन्छ । साथसाथै खानामा विविधता पनि ।
सधै एकैथरी हातले पकाएको खानेकुरा स्वादिलो नहुन सक्छ । वा एकैथरी स्वाद हामीलाई मन नपर्न सक्छ । जब परिवारका सबै सदस्यले आ९आफ्नै ढंगले परिकार बनाउँछन्, स्वादमा विविधता आउँछ । खाना पस्कने क्रममा होस् वा खाना खाइरहँदा, एक कसिमको रोमाञ्चकता पनि हुन्छ ।
साथै कुनैपनि खानालाई फरक स्वादमा बनाउन सकिन्छ । थरीथरीको परिकारबाट एकैथरी स्वाद निकाल्न सकिन्छ । खाना पकाउनु आफैमा कला हो । भान्साको काम बोझ होइन, एक कला हो । सीप हो । सीपालु हातले नै मिठो र स्वस्थ्यकर खाना बनाउन सक्छन् ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
१० घण्टा अगाडि
2.1kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



