

रोकिएन सुन तस्करी
काठमाडौं फागुन २१ । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो तीन महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० केजी सुन बरामद गरिएको जानकारी दिनुभयो । गत मङ्सिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ केजी सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम रोकिएको छैन ।गत शनिबार एक किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले दुबईबाट ल्याएका १० वटा सुनका सिक्री हुमागाईंले भन्सार छलेर बाहिर पठाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।यस्तै गत माघ २९ गते चार केजी ८४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ ली भन्सार पार गरेपछि पक्राउ परेका थिए । हिमालयन एयरलाइन्सको दुबई उडानमा आएका लीले समेत सेटिङ मिलाएर सुन ल्याएको बारे अनुसन्धान भइरहेको छ । उनी ३०औँ पटक नेपाल आएको पाइएको छ । विमानस्थल प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा १७ केजी ३३८ ग्राम, २०७५/७६ मा २७ केजी ११ ग्राम, २०७/७७ मा साढे तीन केजी र २०७७/७८ मा ३२ केजी तथा चालू आव २०७८/७९ मा मात्र १९ केजी तस्करीको सुन विमानस्थल प्रहरीले बरामद गरेको छ ।यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
“निर्देशन मात्र होइन, कार्यान्वयनको नेतृत्वमा आइजीपी दानबहादुर कार्की”
-
राष्ट्रिय महिला अधिकार दिवसमा नविना कार्कीको शुभकामना, महिला सशक्तीकरणमा निरन्तर प्रतिबद्धता व्यक्त
-
आज जेठ १७ गते आइतबार,यस्तो छ तपाईको राशिफल
-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
१ दिन अगाडि
1.3kViews 147 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा…



