

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ
झापा फागुन २६ , झापाका बिभिन्न स्थानहरुबाट ७ वटा मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका- ७ बस्ने २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराउ, २२ वर्षीय दिपेश राजबंशी, सोही नगरपालिका-१ बस्ने ३० वर्षीय बिर्ख लिम्बु र सोही नगरपालिका-६ समिम ग्यारेजका संचालक भारत किसनगंज बिरखोर घर भएका १९ वर्षीय मोहम्मद समिम रहेका छन् ।
बिर्तामोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरी राखेको लु.८३ प ३५५४ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रकाश सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनले बिभिन्न मिति र स्थानबाट जम्मा ७ वटा मोटरसाइकल अन्य ५ जना समेतको संलग्नतामा चोरी गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये प्रकाश सहनी, प्रकाश दर्जी, दिपक उराउ र दिपेश राजवंशीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँसम्म पुर्याउने, बिर्ख लिम्बुले चोरी गरी ल्याएको मोटरसाइकल अन्य व्यक्तिलाई बिक्री गर्ने र मोहम्मद समिम चोरी गरी ल्याएको मोटरसाइकलको पार्टपुर्जा, नम्बरप्लेट परिवर्तन गरी विक्री गर्ने गरेको खुल्न आएको छ । उनीहरूको साथबाट प्रहरीले चोरी भएको ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ७ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



