

सुकुम्बासीहरुको अधिकारको निम्ति ११ बुदे घोषणा पत्र जारी- माग पूरा नभए सशक्त आन्दोलन गर्ने !
२८ फागुन, काठमाडौं ।काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको अधिकारको निम्ति यथास्थितिमा लालपूर्जा पाउनु पर्ने माग राखेर आज बृहत् शक्ति प्रदर्शन गरेका छन् ।
तीन चार पुस्ता देखि काठमाडौंमा बसोबास गर्दै आएका सुकुम्बासी बसोबासीहरुलाइ राज्यले बिना विकल्प उठिबासाको सूचना जारी गरे पछी निरन्तर आन्दोलन गर्दै आएका उनीहरुले कुनै पनि सर्त बिना यथास्थानमा लालपूर्जा पाउनु पर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा शुक्रबार माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारासहित शक्ति प्रदर्शन गरेको हुन् ।
कार्यक्रममा बोल्दै अधिकांश वक्ताले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्प बिनाको उठिबास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गर्दै काठमाडौं उपत्यकाका सुकुम्बासीको ब्यबस्थापन का लागि १० बुदे घोषणा पत्र जारी गरेका समेत घोषणा गरेकाछ्न ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले घोषणा पत्र प्रस्तुत पश्चात् एउटा सरकारको निकाय लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकारको निकाय उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेधचरित्रकोबिरुद्धमा ध्यानाकर्षण कालागी सडक सभा गरेको बताए ।
अध्यक्ष कार्कीले सुकुम्बासीहरुको अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने र सरकारमै रहेका दलले मोर्चाले उठाएको आन्दोलनलाई अल्मलाउदै कम्जोर पर्न मोर्चाका घटक दललाई कसरी फुटाउने भनेर विभिन्न बहानाबाजी गरेर मोर्चा लाई फुट तिर धकेल्ने गरेको समेत आरोप लगाएका छ ।
सडक सभामा अधिकांश वक्ताहरुले ४५ बर्ष देखि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बसोबास गरेका सुकुम्बासीहरुको बिना विकल्प सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसको बिरोध गर्दै तत्काल चुनाव अगावै काठमाडौं उपत्यका लगायतका देशैभरका सुकुम्बासीहरुलाइ बिना सर्त लालपुर्जा दिन सरकारका निकायको ध्यानाकर्षण गराएकाछ्न ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



