

संकटा मन्दिर , धार्मिक तिर्थस्थल
फागुन ३०,काठमाडौँ । संकटा मन्दिर संकटा देवीको प्रसिद्ध मन्दिर हो । यो मन्दिर टेबहाल न्यूरोड काठमाडौंमा अवस्थित छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छन् भने तल्लो तलामा करुणामई अवस्थित छन् । हिन्दु धर्मावलम्बीहरुले संकटालाई दूर्गाको रुप मान्ने गर्दछन् ।
बुद्ध धर्मावलम्बीहरु यसलाई पद्मानट भैरवका रुपमा श्रद्धापूर्वक हेर्ने गर्दछन् । खासगरी शनिबारको दिन संकटा मन्दिरको दर्शन गरी पूजाआजा गरेमा आफूमा आई परेका संकट हट्ने, कार्य सिद्धी हुने, रोग ब्याधी नलाग्ने जन विश्वास छ ।भक्तजनहरुले शनिबारको दिन संकटा, महाकाल र लुमदीको दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा नरेन्द्र देवको पालामा एकजना बुद्धिष्ट गुरु बन्धुरत्न बज्रचार्यले तान्त्रिक विधिबाट संकटा र योगिनीलाई बोलाएका र त्यस बेलादेखि नै यहाँ पूजा गर्न सुरु गरिएको इतिहासमा उल्लेख छ ।
संकटा मन्दिरको निर्माण भने राजा गुणाकामा देवको पालामा भएको थियो । आजसम्म पनि प्रत्येक १२ वर्षमा संकटा र योगिनी चोभारका बीचमा संयुक्त रुपमा पूजा गर्ने प्रचलन छ । इतिहासकारहरुका अनुसार संकटालाई आसामको कमरवया भन्ने ठाउँबाट यहाँ ल्याएर स्थापित गरिएको हो ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



