

मेयर मिश्रले सञ्चारर्मीलाई दिए धम्कीपूर्ण भाषा
भक्तपुर चैत १३ । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले गरेको भ्रष्टाचारजन्य गतिविधिको विषयलाई लिएर सामाजिक सञ्जालमै व्यापक विरोधका साथै जनगुनासो बढ्न थालेको छ ।
सामाजिक सञ्जार र जनगुनासो जनरक्षाको कार्यालयमै आई स्थानीयले गुनासो गर्न थालेपछि जनरक्षाले मेयर मिश्रसँग जनगुनासो र सामाजिक सञ्जालमा आएको स्टाटसको विषयमा बुझ्न खोजेको थियो । तर, सोम मिश्रले जनरक्षाको जनगुनासो र स्टाटसको विषयमा बुझ्न खोज्दा उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्दै ‘मलाई के बुझ्नु हुन्छ, चाँगुनारायणका जेन्टलमेनहरुसँग बुझ्नुस्, जे मन लाग्छ लेख्नुस्, तपाईंंको सम्वाददाता को हो ? त्यसको नाम भन्नुस्’ भन्ने धम्कीपूर्ण भाष प्रयोग गरी फोन काटेका थिए ।
एउटा सञ्चार गृहले समाचारको विषयमा बुझ्न खोज्दा जनताको जनप्रतिनिधिको हिसावले सञ्चारकर्मीलाई यथार्थ बताउनुपर्नेमा उल्टै धम्कीपूर्ण भाषा बोल्नु भनेको जनगुनासो र सामाजिक सञ्जालमा आएको स्टाटसले मेयर मिश्रले साँच्चैकै भ्रष्टाचार जन्य गतिविधि गरेको प्रमाणित हुन्छ ।
सर्वसाधारण जनताले हाम्रो कार्यालयमै आई जनगुनासो गरेके सिधै स्वास्थ्यलाई असर पु¥याउँदै आएको झण्डै ६४ वटा इँट्टाभट्टा अवैधानिक रुपमा संचालन हुँदै आएकोले इट्टाभट्टलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय सरोकारवाला, बुद्धिजीवी, सर्वदलीय नेताहरुको छलफल हुँदाहुँदै इट्टाभट्टा उद्योगहरुसँग प्रत्येक इँट्टाभट्टाबाट लाखौं रुपैयाँ असुल्दै वातावरण नै धुमिल बनाउने गरी निर्वाधरुपमा संचालन गर्न दिएका छन् ।
त्यस्तै दुवाकोट इन्जिनियरिङ्ग कलेजमा मेयरकै व्यापक भ्रष्टाचारजन्य गतिविधि भएको इन्जिनियरिङ्ग कलेजभरि चर्चाको विषय बनेको छ । त्यस्तै, चाँगुनारायण नगरपालिकाकै भूमाफिया जनप्रतिनिधिहरुको मिलोमत्तोमा खेतियोग्य जमिनदेखि लिएर डाँडाँकाडा, सार्वजनिक बन, बहाल बन, परिवन, पातले बन फडानी र राजकुलोसमेत मासी धमाधम जग्गा प्लटिङ गरी आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पैसाकै खोलो बगाएर फेरि मेयर पड्काउने उद्देश्यका साथ जसरी हुन्छ पैसा कमाउन आफ्ना आसोपासेलाई लगाएको नेकपा एमालेका पुराना स्थानीय नेता दामोदर काफ्लेले सामाजिक संजालबाटै मेयरको कुकृत्यका बारेमा पोस्ट गरेका छन् ।
त्यसैगरी, नगरपालिकाको विकास बजेट आफूनिकट ठेकेदारलाई जिम्मेवारी दिई तोकेको मापदण्ड विपरित झारो टार्ने काम गरे पनि मेयर मिश्रकै निर्देशनमा सो कार्यलाई इन्जिनियरले पास गराई भुक्तानीसमेत गराउने गरेको नगरपालिकाकै कर्मचारीले जनरक्षा कार्यालयमै आई जानकारी गराएका छन् ।
इमान्दार कर्मचारीहरुका अनुसार विकास कार्यको लागि जनप्रतिनिधिहरुबीच छलफल गरी बजेट कार्यान्वयन गराउनका लागिदेखि लिएर नगरपालिकाको नियमित बैठकसमेत नगरापलिकाको भवनमा नबसी नातागोता र कमिशनकै लागि आफ्ना नजिकका व्यवसायीको होटल, रिसोर्टमा गई जाँडपानीसहितको भोज गरी नगरपालिकाको बजेट सकाउने काम समेत गरेको बताएका छन् ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१२ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



