

चट्याङ लागेर एकजनाको मृत्यु
ताप्लेजुङ : वर्षासँगैको चट्याङले लागेर ताप्लेजुङमा एकजनाको मृत्यु भएको छ। सिरिजंगा गाउँपालिका २ आम्वेगुदिन ल्हासाटोलका मुकेश भट्टराईको मृत्यू भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार शनिबार राती पौने ९ बजेको समयमा चट्याङ लागेको थियो। भट्टराईलाई उपचारका लागि स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको शवलाई सोही प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। कानुनी प्रक्रियाका लागि प्रहरी निरीक्षक रामकुमार महतोको टोली घटनास्थलमा रहेका छन्। २३ वर्षीय मुकेश सिरिजंगा गाउँपालिकाका भलिवल खेलाडीसेमत हुन्।
समाज
थप सामाग्री
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
१३ घण्टा अगाडि
2.1kViews 251 Shares Share on Facebook Share on Twitter काठमाडौं । चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक…



