

सडकले फेरिदियो जीवन
चरीकोट, चैत ३० गते । कुनै बेला दुर्गम मानिने दोलखाको मेलुङ गाउँपालिका–५, डाँडाखर्कको पाखेडाँडा क्षेत्रका गाउँ अहिले सुगम बनेका छन् । भौगोलिक बनावटका हिसाबले अति दुर्गम पाखेडाँडामा सडक सञ्जाल जोडिएपछि यो बस्ती सुगम बनेको हो । सडक सञ्जालसंँग जोडिएर यातायात सञ्चालनमा आएपछि स्थानीयले विकास र सुविधा दुवैको अनुभूति गर्न पाएकामा हर्षित बनेका स्थानीय ठाकुरदास श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार पालिकाकै दुर्गम पाखेडाँडामा गाउँपालिकाले विकास र सुविधाको अनुभूति गराएको छ । दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपरेको यो ठाउँमा अहिले गाउँपालिकाको पहलमा विकासको पूर्वाधार मानिने सडक सञ्जालले जोडिएपछि यो गाउँमा बस सेवासमेत सुरु भएको छ । गाउँमा नै सामान्य पसल र होटल सञ्चालन भएका छन् । स्थानीयवासी बिरामी हुँदा बोकाएर तीन घण्टा लगाएर डाँडाखर्क स्वास्थ्य संस्थासम्म पु-याउनुपर्ने बाध्यता हटेको छ ।देशमा लोकतन्त्र र गणतन्त्र आएको महसुस भएको छ । सडककै कारण स्थानीयको जीवनशैली मात्र फेरिएको छैन हरेक कुरामा सहज भएको छ । अर्का स्थानीय पदमबहादुर श्रेष्ठले खुसी व्यक्त गर्दै भन्नुभयो, “गाउँगाउँमा यातायातका साधन गुड्न थालेपछि स्थानीय जीवन सहज भएको छ । गाउँको मुहार पनि फेरिएको छ । ” पिछडिएका थामी, मगर र श्रेष्ठ समुदायका नागरिकको बसोबास रहेको यो बस्तीमा स्थानीय तहको निर्वाचन भएको दुई वर्षपछि २०७६ सालमा पहिलो पटक सडक पु-याइएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो ।यो समाचार गोरखापत्रमा छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



