

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
सिमकोट, ४ वैशाख । एक मात्र यातायातका रूपमा रहेको हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।
सडक यातायातले नजोडिएको हुम्लामा नेपालगञ्ज सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा हुन नसकेको हो ।
जिल्लामा यातायातको कुनै सुविधा नरहेको हुम्लामा तीन दिनदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले बताए ।
पछिल्लो समयमा हुम्ला जिल्लामा मौसम सफा भए पनि कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगञ्जमा कुनै पनि विमान नहुँदा हुम्लामा उडान हुन नपाएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख गिरीले बताए ।
पछिल्लो समय हुम्लाको लागि कुनै पनि उडान नभएपछि सुर्खेत, नेपालगञ्जका यात्रु होटेलको महंगीको मर्कामा परेका छन् । जिल्ला सदरमुकाम सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनु परेको स्थानीय कविराज हमालले बताए ।
केही समय अगाडिसम्म नियमित उडान भर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान भर्न छाडेको र अरू निजी एयरलाइन्सले उडान नियमित नहुँदा दैनिक उपभोग्य सामानको मूल्य अकासिएको र सहज रूपमा नपाएको उपभोक्ता राम बहादुर भण्डारीले बताए ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१६ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



