

फेरि फोहोर उठ्न छाड्यो
बैशाख १३,काठमाडौं ।ठेकेदारले बाटो कालोपत्रे नगरेका कारण राजधानीको फोहोर अनिश्चितकालका लागि रोकिएको छ। तीन दिनअघि अल्टिमेटम दिएका स्थानीयले माग पूरा नगरेको भन्दै पुनः फोहोर रोकेका हुन्। मुख-तीनपिप्ले सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत स्थानीयले काठमाडौँ महानगरपालिकासँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै आइतबारबाट अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेका छन्। स्थानीय संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले माग पूरा नभएसम्म कुनै हालतमा फोहोर लैजान नदिने स्पष्ट पारे। उनले भने- ‘अब हाम्रो अन्तिम आन्दोलन हो, पटकपटक छलफल गर्दा पनि बाटो नबने पछि अनिश्चितकालीन आन्दोलन गर्नुपरेको हो।’ आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१७ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



