

दसैँमा बिक्री नभएको कुखुरा बेच्न मूल्य घटाउँदै
काठमाडौँ । दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताए । उनका अनुसार कात्तिक १० गतेदेखि प्रतिकिलो १५ रुपियाँ मूल्य घटाएर किलोको ३७५ गरिएको छ । यसअघि कुखुराको मासु प्रतिकिलो ३९० मा बिक्री भइरहेको थियो । मूल्य अझ कम हुन्छ ।
उनले भने, “हामीसँग बढी भएको कुखुरा बेच्नका लागि अझै मूल्य घटाउनु परे घटाउँला तर बढी भएको कुखुरा बेच्नुपर्ने बाध्यता आइसकेको छ ।”अघिल्लो वर्षको दसैँमा देशभर दैनिक १२ लाख किलो कुखुराको मासु बिक्री भएको थियो भने यस पटक छ लाख किलो कटाउन पनि मुस्किल भएको अध्यक्ष सिंहले बताए । दसैँमा बिक्री हुन्छ भनी पहिलादेखि तयारी गरेर राखेका थियौँ तर आधा पनि बिक्री भएन, उनले भने “बिक्री नभएको कुखुरा कसरी खपत गर्ने भनी किसान तथा व्यवसायीलाई चिन्ता थपिएको छ, बढी भएको कुखुरा खपत गर्न बाध्यता छ, बिक्री भएन भने त्यसलाई पुर्नुपर्ने अवस्था आउन सक्छ ।”कुखुराको मासु खपत गर्ने कतिपय रेस्टुरेन्ट, होटल, होस्टल, चमेनागृह बन्द भएका छन् । आर्थिक मन्दीका कारण उपभोक्ताले विगतको भन्दा कम मासु खाएका छन् भन्दै उनले यस्तो अवस्था रहिरहने हो भने धेरैको टाट पल्टिने अवस्था आउन सक्ने बताए । व्यवसायीले बैङ्कबाट लिएको ऋणको ब्याज बढ्दै छ, कुखुराको दाना र श्रमिकको ज्याला बढेर उत्पादन लागत बढ्याबढ्यै छ, यस अवस्थामा बिक्री कम हुनुले किसान तथा व्यापारी निकै मर्कामा परेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१८ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



