

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री
कास्की । दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरले तिहारका लागि आवश्यक फूल स्थानीय उत्पादनले धान्ने र बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको महानगरले जनाएको छ । महानगर फूलमा आत्मनिर्भर बनेको महानगरको दाबी छ ।मेलामा स्थानीय किसानसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको महानगर आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । प्रमुख कडरियाले यस वर्ष तिहारका लागि बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था छैन ।स्थानीय किसानसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ”, उनले भने, “यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।”
महानगरपालिकाले सयपत्री फूलको मूल्यसमेत तोकेको छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय किसानको समन्वयमा फूलको मूल्य तोएिको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच, १० देखि १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य रु चार र पाँचदेखि १० ग्रामको रु दुई तोकिएको छ । यस्तै मालाको क्रमशः रु दुई सय, एक सय ८० र रु एक सय ५० तोकिएको छ । यसैगरी प्रतिकेजी रु चार सय सयपत्री फूलको मूल्य तोकिएको छ ।
यसैगरी महानगरले रैथाने हाटबजारसमेत आजदेखि शुभारम्भ गरेको छ । हाटबजारमा स्थानीय उत्पादनका १० बढी प्रदर्शनी कक्ष रहेका छन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।
यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषि उपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार (सेलरोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीयस्तरमा उत्पादित खाद्यवस्तु कोदो, मकै, गहुँ, फापरलगायत तरकारीजन्य वस्तु पनि बिक्रीका लागि राखिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



