

बैतडीमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध
बैतडी, १९ वैशाख
बैतडीका विभिन्न स्थानमा गत ३ दिन यता विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।
विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको छ ।
ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानीय व्यापारी सन्तोष राईले बताए । उनले भने, ‘तीन दिनदेखि विद्युत सुचारु भएको छैन । विद्युतका कर्मचारीलाई सोध्दा डपआउट फ्युजको अभावले समस्या पत्ता लगाउन नसकेको बताउँछन् ।’
विद्युत सेवा अवरुद्ध हुँदा सञ्चारका माध्यमसमेत प्रभावित भएकाछन् । सुक्रबार आएको हावाहुरीसँगै विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सुचारु गर्न कर्मचारी खटाए पनि सबै ठाउँमा विद्युत सुचारु हुन सकेको छैन ।
वर्षा र हावाहुरीका कारण जिल्लाभरी अवरुद्ध भएको विद्युत सदरमुकाम र आसपासका क्षेत्रमा भने आज सुचारु भएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१८ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



