

उदयपुरमा एमाले र माओवादीका उम्मेदवार निर्विरोध
बैशाख १९,काठमाडौं ।उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । लिम्चुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य देवकुमारी कार्की निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत तुलाराज सुनुवारले जानकारी दिए । त्यसैगरी रौतामाई गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य नेकपा एमालेबाट फुल माया विक (दियाली) निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले स्थानीय तह निर्वाचन सञ्चालन नियमावलीको नियम १३ को उपनियम (१) अन्तरगत दलित महिला सदस्य निर्वाचित भएको जानकारी दिए । उदयपुरमा ३ सय ९१ पद मध्ये दुई पद निर्विरोध भएका हुन् । यो समाचार रातोपातीबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१८ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



