

गोदावरी नगरपालिकाको झरुवारासीमा सार्वजनिक जग्गा व्यापक दोहोन, मीडियाकर्मीले बुझ्न खोज्दा उल्टै धम्की
ललितपुर, २० बैशाख । ललितपुको गोदावरी नगरपालिकाले जग्गा सम्याउने नाममा भूमाफियाहरुलाई खेतीयोग्य जमिनदेखि लिएर सार्वजनिक जग्गा दोहोन गर्नसमेत अनुमति दिएको पाइएको छ ।
गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुले खेतीयोग्य जग्गा सम्याउने र प्लट मिलानको नाममा भन्दै केही राजस्व लिई जग्गा सम्याउन र प्लट मिलान गर्न अनुमति दिँदै आएको जग्गामा भूमाफियाहरुले वडा कार्यालयल, नापी र मालपोतसँग सेटिङ मिलाउँदै कित्ताकाट गरी जग्गा धमाधम विक्री वितरण गर्दै आइरहेका छन् ।

मालपोत, नापी र वडालाई प्रति कित्ताकाट वापत अवैधानिक रुपमा एक लाख ५० हजारका दरले बुझाउँदै भूमाफियाहरुले धमाधम कित्ताकाट गरिरहेको र खेतीयोग्य जमिन खण्डीकरण नगर्न राज्यले दिएको आदेशलाई समेत धोती लगाउँदै जनप्रतिनिधि, नापी र मालपोतका कर्मचारीहरुलाई भूमाफियाहरुले नजराना बुझाएकै कारण यस्तो कार्य गर्न सफल बन्दै आएको भूमाफियाहरुले सार्वजनिक स्थानमै बताउने गरेका छन् । यसतर्फ सम्बन्धित निकाय किन मौन छ ? चासोको विषय बनेको छ ।
जग्गा सम्याउने नाममा गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासीको सन्तानेश्वर महादेव र वडा कार्यालय बीचकोे डाँडोको पूर्वी क्षेत्रमा रहेको सार्वजनिक जग्गालाई आधार इलाका बनाउँदै जग्गा सम्याउने नाममा सार्वजनिक जग्गा दोहोन गर्नुका साथै सो सार्वजनिक जग्गामा रहेको हजारौं रुखहरु सम्बन्धित निकाय र बन विभागसँग स्वीकृति नै नलिई फडानी गरेको पाइएको छ ।
यस विषयमा निवर्तमान वडा अध्यक्ष तथा नजिकिँदै गरेको स्थानीय निर्वाचनमा सो वडाका अध्यक्ष पदका उम्मेदवार भाष्कर थापासँग सम्पर्क गर्दा उनले केटाकेटी पारा र गैरजिम्मेवारी ढंगले जग्गा सम्याउन र प्लट मिलानको लागि सिफारिस दिएको हो, सरकारी जग्गा दोहनको विषयमा बन विभागबाट आएका कर्मचारीले सर्भे गरी सिमांकन गरे अनुसार डोजर चलाएको होलान् भन्ने जवाफ दिए । सो प्लटिङ गरेको जग्गा वडा कार्यालयको झण्डै १०० मिटरको दुरीमा रहेको छ ।

भूमाफिया रामबहादुर शाहीले स्थानीय ईश्वर खड्का, महेश बोहोराको साथ लिई विभिन्न संचार माध्यमको नाम लिई टोले गुण्डा प्रयोग गरी हजारौं रुख कटानका साथै सार्वजनिक जग्गा दोहोन भइरहेको छ । स्थानीयको विरोधका बाबजुद पनि पैसाकै आडबलमा जवरजस्ती डोजर चलाइरहेका छन् । यस विषयमा ईश्वर खड्कालाई ९८५११९६७३८ मा फोन गरी बुझ्दा, उनले आफूले वाल मात्र लगाउने काम गरेको बाँकी कुरा आफूलाई जानकारी नभएको बताइरहँदा सोही फोनबाट आफूलाई मिडियाकर्मी भन्दै उल्टै जनरक्षाका प्रतिनिधिलाई यस विषयलाई लिएर समाचार प्रकाशित नगर्न धम्क्याएका थिए । यसरी जथाभावी डोजर चलाउँदा सार्वजनिक जग्गामा पहिरो आउने सम्भावना बढेको छ भने १०१ आना जग्गा सम्याउने बहानामा सार्वजनिक जग्गालाई समेत दोहोन गरी झण्डै १५० आना जग्गा प्लट मिलानको नाममा सम्याउने काम धमाधम भइरहेको छ । हाल सो क्षेत्रमा प्रति आना १८ लाखका दरले बेचबिखन भइरहेको हेरचाह गर्न भनि खटिएका स्थानीय हरि थापाले बताए ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१८ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



