

चाँगुनारायणमा ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’
भक्तपुर । चाँगुनारयण नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउन लागिएको छ । यसका लागि नगरपालिकाले प्रत्येक वडालाई विपद् व्यवस्थापनयुक्त बनाउन आवश्यक कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका घोषणा गर्न ‘एक समुदाय, एक प्रथम उद्धारकर्ता टोली’ तयार गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले वडास्तरमा द्रुत प्रतिकार्य टोली गठन गरी प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार पारेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । थप तयारीका लागि चाँगुनारायण नगरपालिकाले शनिबार प्रत्येक वडामा आधारभूत खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख खत्रीले भने, “हाम्रो नगरपालिकामा कुनै पनि विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई अति न्यूनीकरण गर्दै नगरवासीलाई सुरक्षित बनाउनका लागि उच्च प्राथमिकतामा राखेर विपद् व्यवस्थापनका कार्यक्रम एवं गतिविधिलाई अगाडि बढाएका छौँ, नगरपालिकाले विपद् प्रतिकार्यका लागि एक समुदाय एक प्रथम उद्धारकर्ता टोली, एक वडा एक द्रुत प्रतिकार्य टोली गठन गरी आवश्यक तालिम प्राप्त दक्ष जनशक्ति तयार पार्ने कार्य गरेका छौँ, खोज तथा उद्धारका लागि प्रत्येक वडामा उद्धार सामग्री हस्तान्तरण गरेका छौँ ।”नगर क्षेत्रभित्र हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै स्थानीयस्तरमै तत्काल परिचालन भएर खोज तथा उद्धार गर्न सक्नेगरी तयार पारिएका स्वयंसेवकलाई परिचालन गर्न र प्रतिकार्यका प्रारम्भिक काममा सहजता ल्याउनलाई थप सहयोग पुगोस् भनेर नगरपालिकाले खोज तथा उद्धारका सामग्री दिएको नगरप्रमुख खत्रीले जानकारी दिए ।
उनले प्रत्येक वडामा आधारभूत खोज तथा उद्धारका लागि टिनको बाकस, सावेल, पिक, हम्मर, हँसिया, कोदालो, छिना, क्रोबार, गल, बाल्टिन, हेल्मेट, कैँची, करौती, प्राथमिक उपचार बाकस, स्ट्रेचर, काम्रो, सिठ्ठी, डोरी, हेड ल्याम्प, मेगाफोन, बुट, पञ्जा, मास्क, निप्याड, चश्मा, हाल्फ भेष्टलगायतका खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको बताए।
नगरपालिकालाई खोज तथा उद्धारका लागि आवश्यक सामग्री प्रदान गर्न नेक्सस परियोजनाले सहकार्य गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले जानकारी दिए । नगरपालिकाले विपद्का क्षेत्रको समेत पहिचान गरेर आवश्यक तयारी गरेको उनले जानकारी दिए ।रासस
समाज
थप सामाग्री-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
-
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
१ दिन अगाडि
1.7kViews 426 Shares Share on Facebook Share on Twitter हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई…



