

मापसेको रन्को : मलाई थुने , भानुलाई भनेर सरूवा गरिदिन्छु
काठमाडौं । नेपाल प्रहरी भित्र कति अनुशासनहीनता मौलाएको छ भन्ने कुराको दृष्टान्त खोज्न टाढा जानुपर्देन । काठमाडौ उपत्यका प्रहरी कार्यालय मातहतको प्रहरी वृत्त महाराजगंज पुगे हुन्छ । वृत्तको प्रमुख रहेका डिएसपी अमर बहादुर थापाले कमान्ड गर्न नसकेका हुन कि प्रहरी भित्र छाडापन बढेको हो भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ । केही दिन अघि घटेका दुईवटा घटनाले यो कुरालाई पुष्टि गर्दछ ।
केही दिनअघि वृत्तका हवल्दार मेजर नरेन्द्र जेठारा र कर्मचारी प्रशासन शाखामा कार्यरत करण ठगुन्ना प्रहरी वृत्त भित्र नै मदिरा सेवन गरिरहेका थिए । अधिक मदिरा सेवन गरेपछि उनीहरूले धेरै हो, हल्ला गर्न थालेपछि यो कुरा डिएसपी अमर बहादुर थापा सम्म पुग्यो ।कार्यालय भित्र नै मदिरा सेवन गरेर हो, हल्ला गरेपछि डिएसपी थापाले उनीहरूलाई क्वाटरगार्डमा थुन्ने आदेश दिए । प्रहरी आचरण र नीति विपरीत कार्यालय भित्र मदिरा सेवन गरेर हो , हल्ला मात्रै होइन धेरै अपशब्दहरू बोलेको थाहा पाएपछि डिएसपी थापाले उनीहरूलाई थुन्नु भन्दा अर्को बिकल्प पनि थिएन । उनले थुन्ने आदेश दिए । आंफुहरूलाई थुन्ने आदेश दिएको थाहा पाएपछि हवल्दार मेजर समेत रहेका नरेन्द्र जेठाराले अन्य प्रहरीका अगाडि भनेछन् कि , यदि मलाई थुन्यो भने म भानु देउवालाई भनेर डिएसपीकै सरूवा गरिदिन्छु । त्यो सुनेपछि डिएसपी थापा झनै रिसाउनु स्वाभाविकै थियो । उनले मापसे गर्ने दुवै प्रहरीलाई थुन्न आदेश दिए ।एक रात क्वाटर गार्डमा थुनिएपछि भोलिपल्ट स्पष्टीकरण सोधेर डिएसपी थापाले नसियत पनि दिए र हवल्दार नरेन्द्रलाई मातहतको तिलिङेटार स्थित प्रहरी प्रभागमा खटाई दिए । त्यसको केही दिनपछि भएको हवल्दारको सरूवामा नरेन्द्रको सरूवा बालाजु वृत्तमा भएको छ । अर्का करण ठगुन्नालाई भने उनको कुनै दोष नदेखिएको भन्दै कुनै कारबाही भएन ।
यसबाहेक करिब डेढ महिना अघि पनि अर्को घटना घटेको छ। बसुन्धारा स्थित सिआरभीमा कार्यरत ड्राइभर हवल्दार प्रदिप भण्डारीले डियुटीको समयमा नै युनिफर्म लगाएको अवस्थामा बसुन्धारामा मदिरा सेवन गरे । त्यो दृश्य सर्वसाधारणले देखेपछि डिएसपी अमर बहादुर थापालाई जानकारी गराएपछि उनी स्वयं बसुन्धारा आएर मापसे गर्ने ड्राइभर भण्डारीलाई आफ्नो गाडीमा हालेर लगि एक रात क्वाटर गार्डमा थुनेका थिए ।यस्ता घटनाले प्रहरी भित्र अनुशासनहीनता बढेको पुष्टि हुन्छ । डिएसपी थापाले घुमुवा भएर धेरै बिबादमा तानिएका सई राजन ढुङ्गानालाई फेरि अतिरिक्त कमाई हुने टोखा भुतपुल स्थित प्रभागमा पठाएका छन् । कहिले अतिरिक्त कमाई हुने तिलिङेटार प्रहरी प्रभाग त कहिले घुमुवा भएर बिबादमा तानिएका ढुङ्गानालाई फेरि अर्को मालदार प्रभाग टोखा पठाएको छ । टोखामा प्रहरी संरक्षणमा नै खरानी भन्ने राज कुमार अधिकारीले दैनिक ठूलो जूवा अखडा संचालन गरिरहेका छन् ।झण्डै आधा दर्जन पटक जूवा खेलाए बापत पक्राउ परिसकेका खरानी भन्ने राजकुमार अधिकारी अहिले महाराजगन्ज प्रहरी वृत्तका घुमुवा र टोखा प्रहरीको संरक्षणमा टोखामा जुवा संचालन गरिरहेका छन् ।नवजनप्रहार
समाज
थप सामाग्री-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
-
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
१ दिन अगाडि
1.7kViews 426 Shares Share on Facebook Share on Twitter हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई…



