

हराए मनाङमा हिमालका हिउँ र ताल
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरूङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन्। उनी भन्छन्, ‘विगतमा मानिस र जङ्गलका बोटबिरूवा फरक भएको देखिन्थ्यो। तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ।’
‘हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण तालको क्षेत्रफल निकै ठूलो रहेको थियो। अहिले बगर बनेको छ। ताल नै छैन। त्यही तालदेखि गङ्गापूर्ण हिमालसम्म मनमोहक हिउँ थियो, त्यो पनि अहिले छैन। आँखै अगाडि ताल सुक्यो, हिमाल हरायो,’ याङदुङले भने। पहिले पहिले हिमालका हिउँ तलसम्मै आउने गरेको र अहिले माथि मात्रै देखिने गरेको याङदुङ बताउँछन्।
‘किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ। समयमा हिमपात हुनै छाड्यो । यसले यहाँ धेरै असर गरेको छ। समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन्। हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ,’ उनले भने।
उनलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रूपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको छ। ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो। हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ,’ उनले भने।
उनलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रूपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको छ। ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो। हिउँ नै नपरेपछि खेतीपाती र पशुपालन गर्न के सकिएला र खै! हिमपात समयमा नहुँदा नै होला कहीँ ताल हराउने त कहीँ नयाँ ताल देखापर्ने भएको छ,’ उनले भने।
जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा हिमाली जिल्लामा देखिइसकेको छ। जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रूपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरूप कालापत्थर बन्नेछन्। नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङ ४७ वर्ष अघिदेखिका प्राकृतिक संरचनामा धेरै परिवर्तन आएको बताउँछन्। उनी भन्छन्, ‘पहिले पहिले पर्यटकले मनास्लु हिमाल नजिकैको लार्के पिक आरोहण गरेको थाहा पाएका थियौं। अहिले लार्के पिक हराएको छ।’
‘मनास्लु हिमालको छेउको लार्के पिक देखाएर सरकारले आरोहणका लागि अनुमति दिएको छ। तर त्यो लार्के पिक अहिले छैन,’ गुरूङले थपे, ‘२०४३ सालसम्म लार्के पिक थियो। अहिले त्यो नाङ्गो डाँडा भइसकेको छ। यसबारे सरकारले अध्ययन नै गरेको छैन। यस्ता विषयलाई सरकारले गम्भीर रूपमा लिन सक्नुपर्ने हो।’
पथप्रदर्शकले लार्के पिक भनेर लार्के हिमाल आरोहण गराउन थालेको वर्षौं भइसक्यो।
‘हिजो देखेको ताल आज देख्न नपाउने, हिजो देखेको हिमाल आज देख्न नपाउने। हाम्रै जीवनभरिमा ठूलो फेरबदल आएको छ,’ गुरूङले भने, ‘उच्च हिमाली क्षेत्रमा हामीले नजानिँदो हिसाबले जलवायु परिवर्तनको असर भोगिरहेका छौं। बेलाबेलामा विपद खेप्नुपरेको छ। तर रोक्ने उपाय हामीसँग छैन र न्यूनीकरण गर्न समेत सकिरहेका छैनौ।’रासस
समाज
थप सामाग्री-
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
-
नेपाल प्रहरीमा १६ वर्षमै पेन्सन प्रणालीबारे अध्ययन अघि बढ्ने संकेत, सुधारतर्फ नीतिगत कदम
-
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
-
इच्छा पूरा गरिदिने पाथीभरा देवी र उत्पति
-
आज जेठ १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
१ दिन अगाडि
1.7kViews 426 Shares Share on Facebook Share on Twitter हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई…



