सिघंम शैलीमा रुपन्देहीका एसपी विक: पुर्णरुपमा अपराध “क्लिन स्वीप”

काठमाडौं।   नेपाल  प्रहरीका अधिकारीहरु आफ्नो सेवा अवधि भित्र तराईका जिल्लामा आफ्नो दर्जाअनुसारको कार्यालयमा इन्चार्ज जान खोज्ने गरेको पाईन्छ । प्रदेश प्रहरी प्रमुखको सरुवामा कोशी, मधेश  र लुम्बिनी प्रदेशको इन्चार्ज हुन हानथापनै हुने गरेको छ।

तराईको जिल्लाहरुमा मुख्य रुपमा बारा, पर्सा, मोरङ र रुपन्देहीको इन्चार्ज बन्न ठूलो राजनीतिक पहुँच चाहिने कुरामा दुईमत छैन । रुपन्देही  जिल्लाको इन्चार्ज बन्न राजनीतिक शाक्तिको आडमा तानातान भईरहेको अबस्थामा  नेपाल प्रहरी प्रधान कार्यालयले विश्वास गरी एसपी भरत बहादुर विकलाई  गत वर्षको माघ महिनामा पठाएको थियो । विकको रुपन्देही  प्रबेशलाई अहिले सिंघमको रूपमा हेर्ने गरिन्छ । हरेक अनुसन्धानमा अब्बल एसपी विकले रुपन्देही जिल्लामा हुने चोरी ,तस्करीका साथै अपराधजन्य गतिविधिको  सफल अनुसन्धानका कारण उनलाई  सिंघमको रूपमा लिएको रुपन्देही बासी बताउँछन् ।                          नेपाल प्रहरीको संगठन भित्र इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको नामले चिनिने प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बिकले अहिले रूपन्देही प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हालि रहेका छन्।

त्यस्तै एसपी बिकले सबै किसिमका अपराध र चोरी तस्करी नियन्त्रणका लागि आफूले कठोर भएर काम गरिरहेको जनाएका छन्।

गत वर्षको माघ महिनाबाट  रुपन्देही जिल्लाको कमान्ड सम्हालेका  एसपी बिकले भने, हरेक किसिमले यो संवेदनशील जिल्ला हो,यहाँको शान्ति सुरक्षा,चोरीतस्करी,अपराधलगायत यावत कुरामा म कठोर भएर काम गरिरहेको छु,जतिसक्छु नागरिकले चाहेको अपेक्षा पूरा गर्नेतर्फ लागेकाे छु।

सीमा क्षेत्रमा प्रहरीसँगको मिलेमतोमा हुने अनियमितता,सीमा अपराध, वन्यजन्तुको चोरी तस्करी, लागूऔषध, मानववेचविखन लगायतका गतिविधि नियन्त्रणमा आफु कठोर भएर लागेको उनले बताएका छन्। आफूले लामो समयसम्म प्रहरी सेवामा रहँदा लिएको अनुभव जिल्लाको शान्ति,सुरक्षामा प्रयोग गर्ने बिकले बताए।

जिल्लाको बस्तुस्थिति बुझिरहेको छु,रातिको समयमा पनि काममै खटिएको छु,उनले भने, ‘प्रहरीको क्षेत्राधिकारभित्र पर्ने सबै किसिमका काममा गुनासो आउन नदिने प्रयास गरेको छु।भ्रष्टाचार नियन्त्रण, प्रहरीसँग सबैको पहुँच विस्तार गर्ने काममा आफू लागि परेको विकले जनाएका छन्।

‘सीमा क्षेत्र भएकाले होला,यहाँ अत्यधिक लागूऔषधको ओसारपसार हुने रहेछ,चोरीतस्करी पनि उसैगरी हुने गरेको पाइयो छ। उनले भने,प्रहरी एक्लैले सबै काम गर्न नसक्ने पनि अवस्था हुनसक्छ।

त्यसैले प्रहरीलाई सहयोग गर्न स्थानीयतह,सरोकारवाल निकाय,संचारकर्मी र स्थानीय नागरिकको उतिकै अह्म भूमिका रहने भएकाले सबैलाइ सहयाेग गर्न समेत आग्रह गर्दछु।

एसपी बिकले भने अनुसन्धानमा रहेका पुराना र नयाँ फाइलहरुको छिटो अनुसन्धान टुंग्याउन,फरार प्रतिवादी पक्राउ गर्न पनि आफू विशेष महत्वकासाथ लागि परेको बताएका छन्।

उनले अहिले मैले यस्तो गरे,उस्तो गरे भन्नु भन्दा पनि मेरो काम कस्तो भयो भनेर सबैले मूल्यांकन गर्ने दिन आउने बताए। यस्तै, लागूऔषध, चोरी ,डकैती लगायत अपराधिक क्रियाकलाप आफु आएदेखि धेरै नै नियन्त्रण गरेको एसपी विकले दाबी गरेका छन्।

त्यस्तै  बिगतमा काठमाडाैंकाे कमलपोखरी बृत सम्हालेका तत्कालीन डिएसपी भरतबहादुर बिक कमलपोखरी बासीहरुको अन्तरआत्ममा दरिलो छापछाेड्न सफल भएका थिए ।

विभिन्न कार्यक्रममा कमलपोखरीका बासिन्दाहरुले तत्कालीन डिएसपी बिकको खुलेर प्रशंसा गर्ने गरेका थिए। कमलपोखरी पछि विपत व्यवस्थापन सामाखुशीमा पनि उनले आफ्नो कार्यदक्षतालाई उत्कृष्ट रुपमा लागुगरेको प्रहरी प्रधान कार्यलयले स्राेतले नै बताउने गरेकाे छ।

बढुवा पछि रुपन्देही जिल्लाका प्रहरी कमान्ड सम्हाल्न पुगेका एसपी बिकको पहिलो निणर्य नै त्यहाँको जनताको शान्ति सुरक्षा र विगतमा सिमाबाट हुने तस्करी र‍ोक्ने मुख्य उदेश्य रहेको बताएका छन्।

यतिबेला भैरहवाको सिमानाका बाट हुने तस्करी लाई पूर्णरुपमा निस्तेज पारेपछि तस्कर हरुको निदहराम भएको छ भने तस्करहरुलाई साथदिइ मासिक नजरना बुझ्नेहरु सलबलाउन थालेकाे बिकले बताए।

विगतमा जिल्ला कमान्ड सम्हालेका प्रहरीप्रमुखहरुले घुमुवा परिचालन गरि राम्रै नजरना बुझ्ने गरेको समाचार विभिन्न समाचारमाध्यममा आएका थिए।

जिल्लाका पूर्वप्रहरी प्रमुखले परिचालन गरेका घुमुवाहरुले नै   एसपी बिकको नाममा रकम असुली गरि विकलाई बदनाम बनाउने कु-हर्कत गर्न समेत पछि परेको तितो यथार्थ जनमानसमा हाल ताजै रहेको छ।

रूपन्देही जिल्लाका स्थानीयहरूसँग कुरा गर्दा एसपी भरतबहादुर बिकले जिल्लाको प्रहरी कमान्ड सम्हालेको छ‍ोटै समयमा जिल्लामा हुनेगरेका अबैध लागुऔषध कार‍ोबार,सिमानाकामा हुनेगरेका च‍ोरीडकैती ,तस्करीलाई पूर्णरूपमा नियन्त्रणलिन सफल भएका छन ।

केही समय अगाडि भ्रष्टाचारमा सुन्य-सहनशिलता राख्ने एसपी बिकलाइ बदनाम बनाउन केही व्यक्तिहरुले अनौठो हर्कत गरेकोमा जिल्लाका स्थानीय बासिन्दाहरुले चिन्तित व्यक्त गरका थिए भने उनको सफलकमाण्डलाई आत्मसात गर्दै जिल्ला बासिन्दाहरुले विदाईको समयमा  विषेश अभिनन्दन गर्ने तयारी समेत रहेको बुझिएको छ ।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
430 Shares