

स्कुटर र मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ
काठमाडौँ । ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका-७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले रहेका छन् ।
ललितपुर महानगरपालिका-१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका-१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको छ ।
यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माकलबारीबाट पनि गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२-०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका-३ बस्ने २४ वर्षीय छविलाल बज्यु रहेका छन् । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
समाज
थप सामाग्री-
ललितपुरमा चितुवाको आक्रमणमा प्रहरी हवल्दार घाइते, किस्ट अस्पतालमा उपचाररत
-
सुन–चाँदी आयातमा भारतको भन्सार शुल्क १५ प्रतिशत पुर्याइयो, व्यापार घाटा र रुपैयाँ दबाब नियन्त्रण लक्ष्य
-
प्रहरी नेतृत्वमा सुधार र संस्थागत सुदृढीकरणमा आईजीपी दानबहादुर कार्कीको भूमिका
-
एसपी सन्तोष आचार्यको प्रमुख आतिथ्यतामा घुम्ती अनुशिक्षण तालिम सम्पन्न
-
डिआईजी दिपक रेग्मीद्वारा जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…



