

२३ लाख ४० हजार डोज मोर्डना खोप आउँदै
काठमाडौं, १७ माघ । सरकारले सोमबार र मंगलबार कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मोर्डना खोप ल्याउने भएको छ । विश्व बैंकको सहुलीयत ऋण सहयोगमा कोभ्याक्समार्फत खोप खरिद गर्न लागिएको हो ।
सोमबार र भोलि मंगलबार खोप आउन लागेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप भण्डारण शाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । ४० लाख मात्रा खोप १६ लाख ६० हजार डोज गत १० माघमै नेपाल आइसकेको छ । सरकारले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्ने छ ।
नेपालमा हाल कोरोनाविरुद्ध कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसज, फाइजर र मोर्डना खोप उपयोगमा आएको छ । सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्ररुपमा अघि बढाएको जनाएको छ
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



