

भ्रष्टाचारी माथी जनकारबाही गर्ने बिप्लब माओवादीकोचेतावनी
काठमाडौं माघ १८ । बिप्लब नेतृत्वको नेकपा माओवादी सोलुखुम्बुले शिक्षा समन्वय ईकाईका सब-ईन्जिनियर पवन कुमार यादबमाथी जनकारबाही गर्दै, भ्रष्टाचार विरुद्धको अभियानलाई तिब्रता दिने जनाएको छ ।
आफूहरू बिद्यमान कानुन र ब्यबस्थाको नै विरुद्धमा रहेकाले कानुनी उपचारको बाटोबाट भन्दा जनकारबाही मार्फत नै अगाडी बढ्ने पार्टिका जिल्ला सेक्रेटरी ङिमा शेर्पाले बताएका हुन । उनका अनुसार यादबले गरेको भ्रष्टाचारका बारेमा प्रशासनलाई पटक-पटक जानकारी गराउदा पनि कुनै कारबाही नगरेपछि, पार्टिको भातृसंगठन मातहत हिजो जनकारबाही गरिएको हो । यादबमाथी जनकारबाही गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पार्टिको जिल्ला सदस्य माधब कुलुङ सहित केहि निर्दोष मानिसहरूलाई पक्राउ गरेको शेर्पाले जानकारी दिएका छन । यदि उनिहरूलाई बिनाशर्त रिहाई नगरे आन्दोलनका थप कार्यक्रमहरू अगाडी बढाउने चेतावनी समेत उनले दिएका हुन ।जिल्लामा ब्याब्त भ्रष्टाचारको सम्पुर्ण तथ्यहरू आफूसङ्ग रहेको बताउदै यदि प्रशासनले कारबाही नगरे यसरी नै दोषी उपर जनकारबाही गर्दै जाने चेतावनी बिप्लब माओवादीले दिएको छ । कृयशन नेपालसङ्गको कुराकानीका क्रममा सेक्रेटरी शेर्पाले भने “सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पती आर्जन गर्ने वा जनताको नाममा आएको बजेटमा अपचलन गर्ने कुनैपनि जनप्रतिनिधि र कर्मचारीलाई हामी बाकी राख्ने छैनौ । हिजोको घटना त साङ्केतिक बिरोध वा सुरुवात मात्रै हो ।” हिजोको घटना संलग्न रहेको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू रिहा नभएमा जिल्ला बन्द गर्ने चेतावनी बिप्लब माओवादीको रहेको छ
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



