

घुससहित सव इञ्जिनियर पक्राउ
सहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलाईलाई प्रहरीले एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा १७ लाखको लागतमा निर्माण भएको तीन÷तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए । पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । मुल्याङ्कनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



