

तुइनको भरमा अडिएको जिन्दगी
दार्चुलाको व्याँस गाउँपालिका-२ दम्लिङस्थित गोठालघाटबाट तुइनमा झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन। उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्याँस(२ स्थित घरतर्फ आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । यो घटना बुधबारको हो।बेपत्ता बुढाथोकीको खोजी कार्य जारी छ। पुल नहुँदा दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा जोखिम मोलेर तुइनको भरमा महाकाली वारपार गर्छन्। महाकाली नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर वा तुइन चँडिएर ज्यान गुमाउने र बेपत्ता हुने क्रम रोक्न पुल बनाउनुपर्छ ।अघिल्लो वर्षको साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर व्याँस-२मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका हुन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार तुइनबाट महाकाली वारपार गर्ने क्रममा १५ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक २०७२ असारयताको हो। यस्तै दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् । व्याँस क्षेत्रका बासिन्दाका अनुसार २०५० सालयता तुइनबाट महाकालीमा खसेर २६ जनाको ज्यान गएको छ। तर आधिकारिक निकायबाट स्थानीय बासिन्दाको दाबी पुष्टि हुन सकेको छैन। यो समाचार नागरिक दैनिकमा छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



