

काठमाडौंउपत्यकामा भुमाफिया का कारण नांगिँदै वन,राज्य मौन
प्रकृतिमाथि जति आक्रमण गर्यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ। हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरूप प्राकृतिक विपद्का घटनाहरू बढ्दै जान्छन्। अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरूप पनि बदलिन्छ।
प्राकृतिक स्रोतमाथिका दोहनले प्रकृति त कुरूप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरूको पनि अस्तित्व सकिन्छ। किनभने प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन। 
मानिसले आफ्नो शारीरिक लाज छोप्न कपडा त लगाएका छन् तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नङ्गाइरहेका छन्। प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन्। चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको समाजमा परिणत भएको छ। देशका मुख्य सहरको त कुरै छोडौं गाउँका वन, जंगलहरू पनि उजाड छन्। प्राकृतिक स्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ।
समग्रमाभन्दा प्राकृतिक स्रोतहरू मासिँदै छन्। काठमाडौं उपत्यकाको त कुरा नै गर्नु पर्दैन। हराभरा त छैन नै टाढा डाँडाकाँडा र वनजंगलहरूको समेत दोहन भइरहेको छ।
ढ
ललितपुरको टिकाभैरव,नल्लु, देविचौर र लेले क्षेत्रलाई यसको नमूनाका रूपमा लिन सकिन्छयहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फडानी हुँदा उजाड छन्। यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैं विरक्त देखिन्छन्। बस्ती बाढीले बगाएको बगरजस्तो छ। वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो। निजी जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन्।
ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ। खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ। तर पनि स्थानीय सरकार भने मौन छ।
सरकारको मौनताले नै बुझ्न सकिन्छ, कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको होला? सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कंक्रीट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन। त्यसैले प्रकृति केवल मानव जातिको लागि बनेको हो भन्ने भ्रम छोडेर जगतका सबै प्राणीको लागि यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



