

मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान
खोटाङ, २६ असार
खोटाङको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको गढीलाई बहुवर्षे फूल रोपेर ‘फूलको पहाड’ बनाउने अभियान थालिएको हो । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, नेता विष्णुुकुमार राई, डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव सूर्यबहादुर राई, महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, सुरक्षाकर्मी, देविस्थान सामुदायिक वन उपभोक्ता समूह लगायतको सहकार्यमा मंगलबार फूलका बिरुवा रोपेर ‘फूलको पहाड’ बनाउने अभियानको सुरुवात गरिएको हो ।
‘फूलको पहाड’ बनाउने अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायतका पाँच सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि मझुवागढी पुगिन्छ । मझुवागढी, कालिका भगवती मन्दीर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पैदलमार्ग आसपासमा फूल रोपेर आकर्षक बनाउने महत्वकांक्षी परिकल्पना गरिएको छ । फूलैफूलको डाँडा बनाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्नका लागि ‘फूलको पहाड’ बनाउने अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए । ‘सुन्दर ठाउँ, वनजंगल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव र त्यसको बीचमा सामुदायिक वन छ,’ अध्यक्ष राईले भने, ‘फूलको बगैंचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यपर्यटन विकासमा सघाउ पुग्नेछ । त्यसको फाइदा नगरपालिकालाई हुनेछ ।’
मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलको पहाड’ बनाउने योजना छ । आवश्यक गुरुयोजना तयार पारेर ‘फूलको पहाड’ बनाउने साझा सपना पुरा गरिने सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सचिव राईले बताए । ‘मझुवागढीलाई फूलैफूलको डाँडा बनाएर पर्यटन प्रवर्द्धन गर्ने सपना हो फूलको पहाड,’ महासंघका प्रदेश सचिव राईले भने, ‘यसका लागि आवश्यक गुरुयोजना बनाएर बाँकी अघि बढ्छ । हाललाई फूलको बृक्षारोपण अभियान सञ्चालन सुरु गरिएको हो ।’
चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्ने गरेका छन् । अग्लो डाँडा भएका कारण टाढा–टाढाका दृश्यावलोकनकालागि समेत स्थानीय मझुवागढी उक्लिने गर्छन् ।
यसबाहेक मझुवा कालिका भगवतीको दर्शन गर्न र भाकल पूरा गर्न आउनेको भीड दैनिक लाग्ने गरेको छ । गढीमा हरेक वैशाख पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने प्रचलन छ । भगवती मन्दिरमा कहिलेकहीँ दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ । न्युज कारखाना
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



