चट्याङ लागेर एक जनाको मृत्यु

वीरगन्ज साउन  ६ । वीरगन्ज  महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर हिजो  साँझ मृत्यु भएको छ ।  खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि नारायणी वयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP
Shares