लागूऔषध कारोबारीलाई छुटाउन बिचौलियाको ठूलै चलखेल

काठमाडौं । संगठित लागूऔषध कारोबारी सुशीला तामाङलाई छुटाउन बिचौलीयाहरुले व्यापक चलखेल गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ डेरा गरी बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका—१ का राजकुमार तामाङ र मौवाखोला गाउँपालिका वडा नं. १की ३५ वर्षीया सुशिला तामाङलाई ८.५ ग्राम अबैध लागू औषध खैरो हेरोइन, एक थान डिजिटल तराजु, नगद ६५ हजार ५ सय रुपैयाँसहित असार ३२ गते शनिबार प्रहरीले पक्राउ गरिएको थियो । तर, प्रहरीले ६५ हजार ५ सय रुपैयाँ बरामद गरिएको भनिए पनि लागूऔषध कारोबारीहरुले कहिले २ लाख ५० हजार त कहिले १ लाख ५० हजार भन्दै प्रहरीको नै बद्नाम गराउने कार्य भइरहेको स्रातले दावी गरेको छ ।
गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुको कोठाबाट हेरोइनसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरेकोमा फेरि केही दिन म्याद थप गरेको स्रोतले दावी गरेको छ ।
लागूऔषध कारोबारीमा पक्राउ परेकी सुशिला तामाङको श्रीमान्ले आफ्नो श्रीमतीलाई जसरी पनि छुटकारा दिलाउने भन्दै हाल कोटेश्वर महादेवस्थान किराना पसल चलाउँदै आएका एमालेका नेताको परिचय दिँदै हिँड्ने गरेका दिपक बस्नेतलाई प्रयोग गरेको बुझिन आएको छ ।
बस्नेतले प्रहरीसँग सेटिङ मिलाई दिन्छु र सरकारी वकिलको कार्यालय भक्तपुरदेखि लिएर अदालतसम्म राम्रो पहुँच छ भन्दै चाँडै नै फाइल प्रहरीलाई बुझाउन लगाउँछु भन्दै हिँड्ने गरेको पनि स्रोतले दावी गरेको छ ।
लागू औषध कारोबारीलाई प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार छ । कानुनी ऐनका अनुसार एक ग्रामदेखि २५ ग्रामसम्म लागू औषध खरिद विक्री गर्ने तथा ओसार पसार गर्नेलाई पाँचदेखि १० वर्ष जेल सजाय हुने ऐनमा उल्लेख छ । तर, फाइल चाँडै नै अदालत पेश गराउन र अदालतमा सेटिङ मिलाउन करोडौं रुपैयाँ खर्च गर्न पनि पछि नहट्ने सुशिला तामाङको श्रीमानले ठाउँन कुठाउँ बताउँदै हिँड्ेन गरेको स्रोतको दाबी छ ।

Facebook Comments Box
TOP
Shares