

बालाचतुर्दशीमा भक्तजनसँग चर्काे रकम असुल्दै, कसको इशारामा के गर्न खोजेको हो पशुपति क्षेत्र विकाश समितिले ?
काठमाडौं । भोली बालाचतुर्दशी ! पितृजनका नाममा शतबिज छर्ने दिन । जो जसका बाबुआमा वा नजिकका आफन्तजनको निधन भएको छ, उनीहरुका नाममा देशभरीका शिवालयमा त्रयोदशीका दिन राती बत्ति बालेर रातैभरी जाग्राम बसेर भोलीपल्ट विहानै अर्थात् बालाचतुर्दशीका दिन शतबिज छर्ने चलन छ । खासगरी पशुपतिनाथको कैलाश डाँडामा अघिल्लो दिन चोखीनिष्ठ भै बसेर आफ्ना सन्तानले रातैभरी बत्ति बालेर भोली पल्ट विहान कैलाश डाँडाबाट सुरु गर्दै गुहेश्वरी हुँदै मृगस्थली वरपर अर्थात् पशुपतिनाथ परिसरमा छरेको शतबिज आफ्ना स्वर्गबाश भएका पितृजनले पाउने मान्यता छ । त्यसैले बालाचतुर्दशीलाई पितृजनको स्मरणका रुपमा महत्वमा साथ मानिन्छ ।
तर, कहीँ नभएको जात्रा हाँडीगाउँमै भनेजस्तो आजका दिनसम्म नभएको र नगरिएको नियम यस पटक पितृजनका नाममा शतबिज छर्न आउने भक्तजनमाथि जनही २ हजार रकम असुल्ने पशुपति क्षेत्र विकाश कोष समितिको निर्णय विवादीत बनेको छ । राजधानीमा होटलमै बाश बस्दा पनि सस्तोमस्तो कोठा भेटिन्छ तर, त्यहा खुला आकाशमुनी आफ्ना पितृजनको स्मरणमा बत्ति बाल्न र भोलीपल्ट शतबिज छर्न बसेका भक्तजनसँग महंगो रकम असुल्ने पशुपति क्षेत्र विकाश कोष समितिको यो निर्णय लज्जास्पद छ । यदी धर्म, संस्कृती एवम् परम्परामाथि प्रहार गर्न कोही कसैको इशारामा पशुपति क्षेत्र विकाश कोष समितिले खोजेको होइन भने शतबिज छर्न आउने भक्तजन माथि लगाइएको कर तत्काल खारेज गरियोस् । अन्यथा, यस पटकको यो निर्णय भविष्यसम्म समितिका पदाधिकारी एवम् सदस्यमाथि कलंकको रुपमा रहिरहनेछ ।
यहीबीच, पशुपतिनाथको दर्शनार्थ आउने भक्तजनलाई फोटो नखिच्न सूचना चौतर्फी गरिएको छ । बिहीबार त उक्त सूचना लाउड स्पिकरको माध्यामबाट पनि भक्तजनलाई शतर्क तुल्याइएको छ । यदी उक्त सूचना पालना गराउने हो भने मोवाइल फोन, क्यामेरा राख्ने स्टलको पनि व्यवस्था हुनु पर्ने गुनासो भक्तजनले गरेका छन् । ‘भारतका प्रसिद्ध तिर्थस्थल, देवस्थलमा पनि मोवाइल, क्यामेरा, लगायतका बहुमुल्य समान डिपोजिट गराएर त्यसको कुपन दिने चलन छ । त्यस्तो चलन पशुपतिनाथमा किन चलाउन सकिएको छैन ?’ भक्तजनको प्रश्न छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१७ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



