

मङ्सिर ४ मा निर्वाचन गर्ने गरी मिति तोक्ने तयारी
काठमाडौं । सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो।
मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सरकारले तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक मन्त्रीले भने, ‘गठबन्धनका शीर्ष नेताहरूले केही दिन पर्खन आग्रह गरेका छन्, अब अर्को सातासम्म मिति घोषणा भइसक्छ।’
प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुने बताउँदै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि केही दिनभित्रै मिति घोषणा हुने बताए। ‘आगामी मङ्सिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको छ,’ नेपाल प्रेस युनियनको नयाँ कार्यक्रम समितिको पद हस्तान्तरण कार्यक्रममा प्रवक्ता महतले भने, ‘सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्नेछ।’ यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१७ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



