

दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ
कञ्चनपुर ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ ।
बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिकारी पूर्णरुपमा नियन्त्रण हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग र समन्वयका कारण बाघको सङ्ख्या बढेको बताइएको छ । “सन् २०२२ भित्रै बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता पुरा भएको छ”, उहाँले भन्नुभयो, “यसलाई निकै ठूलो उपलब्धिका रुपमा लिएका छौँ ।” गत वर्षको माघ २९ देखि २१ दिनसम्म स्वचालित क्यामेराको सहायताले बाघ गणनाको कार्य गरिएको थियो ।
शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको दुई सय ६० ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । थोरै क्षेत्रफलमा धेरै बाघको घनत्व पाइने क्षेत्रका रुपमा निकुञ्ज परिचित रहेको छ । निकुञ्जमा सन् २००८ देखि बाघ गणनाको कार्य हुँदै आएको छ । सन् २००९ मा निकुञ्जमा बाघको सङ्ख्या आठ वटा मात्रै रहेको थियो । त्यो सङ्ख्या बढेर अहिले ३६ पुगेको छ ।
अघिल्लो वर्ष निकुञ्जमा १९ वटा पाटेबाघ फेला परेका थिए । सन् २०१३ मा १७, सन् २०१८मा १६ वटा पाटेबाघ देखा परेका थिए । निकुञ्जमा दुई वर्षको अवधिमा दुई वटा बाघ मृतावस्थामा फेला परेका थिए । निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१७ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



