

आज तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा
२८ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले आज सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णयअनुरुप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिका कार्यालयका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । बिदा दिइएका पालिकामा अत्यावश्यकबाहेक कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, आधारभूत स्वास्थ्य कार्यालयलगायतका सबै सङ्घसंस्था बिदा हुने उनले बताए ।
त्यसैगरी नगरपालिकाभित्रका सबै विद्यालय, पालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था तथा निजी सङ्घसंस्था र निकायहरूलाई समेत सार्वजनिक बिदा दिइएको छ । आदिवासी जनजातिहरूको बाहुल्य रहेको क्षेत्र भएका कारण सार्वजनिक बिदा दिइएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । जिल्लाका पाँच पालिकाहरुले सार्वजनिक बिदा दिएकोप्रति आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी जिल्ला अध्यक्ष बसुन्धरा घर्तीले आभार व्यक्त गरेकी छन् ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१८ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



