

फिफा विश्वकप आउन १०० दिन बाँकी
२७ साउन, काठमाडौं । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप आउन अब १०० दिन बाँकी छ ।
फुटबलको महाकुम्को रुपमा रहेको फिफा विश्वकप कतार २०२२, आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ ।यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका लागि एक दिन अघि सारिएको हो ।विश्वको यो २२औं संस्करण हो । जहाँ एसियाबाट अहिलेसम्मकै कीर्तिमानी ६ राष्ट्रले खेल्दैछन् । कतार आयोजकको रुपमा सिधै छनोट हुँदा जापान, इरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया छनोट चरण पार गर्दै छानिएका हुन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्रले विश्वकप खेल्नेछन् । जसमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसियासहित डेनमार्क, इंग्ल्याण्ड, जर्मनी, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन, स्वीट्जरल्याण्ड र वेल्स छन् ।
यस्तै अफ्रिकाबाट क्यामरुन, घाना, मोरोक्को, सेनेगल र ट्युनिया छनोट भएका छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे तथा उत्तर तथा मध्य अमेरिकाबाट क्यानडा, मेक्सिको, अमेरिका र कोष्टारिका छानिएका छन् ।
समाज
थप सामाग्री-
पशुपति गौशाला धर्मशाला खाली गराउने बाटो खुल्यो, अदालतबाट कोषको पक्षमा फैसला
-
एक व्यवसायीको करुण कहानी, ब्ल्याकमेल र वित्तीय सङ्कटको चक्रव्यूह
-
सात वर्षपछि खुलेको हत्या काण्ड: श्रीमान् हत्या गराउन लगाउने श्रीमती पक्राउ
-
देशभर मेघगर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
आज बैशाख २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल
लिपुलेकमार्गे मानसरोवर यात्रा विषयमा नेपाल सरकारको आपत्ति, भारत र चीनलाई कूटनीतिक सन्देश
१ दिन अगाडि
2.3kViews 357 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्न…



