

लेखक सलमान रुस्दीमाथि आक्रमण
एजेन्सी, २७ साउन । चर्चित लेखक सलमान रुस्दीमाथि आक्रमण भएको छ । उनीमाथि न्यूयोर्कस्थित एक कार्यक्रममा सांघातिक आक्रमण भएको हो ।
आक्रमणकारी दौडिएर स्टेजमा पुगेको र रुस्दीमाथि प्रहार गरेका थिए । त्यतिबेला उनी स्टेजमा प्रवचन दिइरहेका थिए । आक्रमणपछि रुस्दीको अवस्थाबारे खुलेको छैन ।
रुस्दीमाथि इस्लामिक अतिवादी समूहले ३३ लाख डलर टाउकाको मूल्य तोकेका छन् । उनको टाउकाको मूल्य बेला बेलामा वृद्धि घोषणा गरेको खबर आउने गरेको छ ।
सन् १९८८ मा लिखित द साटानिक भर्सेस पुस्तक प्रकाशित भएपछि इरानी धार्मिक नेता अयातुल्ला खमेनीले फतवा जारी गरेका थिए । यसको अर्थ उनको हत्याको आव्हान हो ।
भारतमा जन्मिएका रुस्दी फतवा जारी भएपछि अधिकांश समय भूमिगत नै रहने गर्छन् । उनी कमैमात्र सार्वजनिक कार्यक्रममा देखिन्छन् ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



