रुखबाट लडेर मृत्यु

विराटनगर : दाउरा काट्ने क्रममा रुखबाट लडेर मोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित सलकपुर सामुदायिक वनमा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ।

हङरायोको रुखबाट लडेर सुन्दरहरैँचा-११ का ५५ वर्षीय अमिलाल थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। रुखमा चढेर दाउरा काट्ने क्रममा दिउँसो ३:४० बजेतिर लडेर थारु गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याई पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

Facebook Comments Box
TOP
Shares