

देउताको डरले घरै विरानो
महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् । विशालपुर क्षेत्रका पाँचवटा गाउँको तलतिर गङ्गेश्वर देउताको मन्दिर भएका कारण छाउ भएका महिला देउता रिसाउने डरले घर छाडेर छिमेकी गाउँको गोठमा बस्ने कुप्रथा रहेको मेलौली नगरपालिका–८, का वडाध्यक्ष तपेन्द्र विष्टले जानकारी दिए । छाउ भएका बेला छिमेकी गाउँको गोठमा चार दिनसम्म बस्नु पर्दा यौन दुव्र्यवहार, सर्पदंश र चितुवाको डर हुने गरेको उहाँले बताउनुभयो । यौन दुर्व्यवहारका त एक/दुईवटा घटना नै भएको वडाध्यक्ष विष्टले जानकारी दिए । गाउँमा बिजुली बत्ती नहुँदा अँध्यारो गोठमा रात काट्नु पर्दा महिला र किशोरीहरू असुरक्षित रहेको पाइएको छ । यो समाचार आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



