स्वयम्भू प्रहरी वृत्त प्रमुख भाट : ईच्छा शक्तिले वृत्तको मुहारै परिवर्तन गर्न सफल एक काविल अफिसर

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित प्रहरी वृत्तले हालै आफ्नो भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार गरेको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धव सिंह भाटको नेतृत्वमा भएको सुधार अभियानले वृत्तको समग्र स्वरूपमा आमूल परिवर्तन ल्याएको छ।

पहिले कच्ची सडक, पुराना र जीर्ण भवन तथा अव्यवस्थित संरचनाले ग्रस्त प्रहरी कार्यालय अहिले आधुनिक, व्यवस्थित र सेवा–मैत्री बन्दै गएको छ। कार्यालय परिसरभित्र प्रशासनिक शाखा, प्रहरी मेस, व्यारेक, उजुरी शाखा तथा सुरक्षात्मक घेराको समग्र पुनर्निर्माण गरिएको छ।

प्रशासनिक भवन पुनःनिर्माणपछि कार्यालय सञ्चालन थप सहज र व्यवस्थित भएको छ। नयाँ सिँढी, पानी ट्याङ्की र भित्री संरचनाले कार्य सम्पादनमा थप प्रभावकारिता ल्याएको छ।

प्रहरी मेस क्षेत्र पहिले पुराना मोटरसाइकलका पार्टपुर्जाले भरिएको अस्तव्यस्त ठाउँ थियो। अहिले सफा, हरियालीयुक्त र रमणीय स्थलमा परिणत गरिएको छ। गमलाको प्रयोगले वातावरण थप आकर्षक देखिएको छ।

व्यारेक अर्थात् प्रहरी कर्मचारीहरूको आवास कक्षमा पनि विशेष सुधार गरिएको छ। पहिलेको जीर्ण छानालाई हटाएर नयाँ, सफा, सेतो र नीलो रंगले पोतिएको भवन निर्माण गरिएको छ, जसले प्रहरीहरूलाई सहज बसोबासको वातावरण प्रदान गरेको छ।

वृत्तको बाहिरी सुरक्षा घेरा पनि बलियो बनाइएको छ। सामान्य पर्खाल र अस्थायी छानाले ढाकिएको क्षेत्रलाई अहिले अग्लो पर्खाल र काँडेतारसहित सुरक्षित बनाइएको छ।

सेवाग्राहीहरू प्रत्यक्ष सम्पर्कमा आउने उजुरी शाखाको अवस्था पनि सुधारिएको छ। पहिले सामान्य र असहज देखिने शाखामा अहिले काठका बेन्चसहितको प्रतीक्षा कक्षको व्यवस्था गरिएको छ, जसले सेवा लिने जनताको अनुभव सहज र सकारात्मक बनाउने अपेक्षा गरिएको छ।

यी सबै सुधार कार्यहरूले प्रहरी वृत्त स्वयम्भूलाई नयाँ स्वरूप दिएको छ। प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि हुनुका साथै सेवाग्राहीहरूलाई पनि सुलभ र सभ्य वातावरणमा सेवा प्राप्त हुने विश्वास गरिएको छ। स्थानीय समुदायले समेत प्रहरीको यो प्रयासको खुलेर प्रशंसा गरेका छन ।

अहिले काठमाडौं प्रहरी परिसर अन्तर्गत रहेको प्रहरी वृत्त स्वयम्भूको कमान्ड सम्हालेका प्रहरी नायब उपरीक्षक (डिएसपी) उद्धव सिंह भाट प्रहरी संगठनभित्र एक इमानदार र  निडर  अधिकारीका रूपमा परिचित छन । विगतमा पनि उनले नेतृत्व गरेका ठाउँमा शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा भैरहेको हुन्छ ।

अछामको कमलबजारमा प्रहरी निरीक्षकका रूपमा कार्यरत भाटले त्यहाँ कानुनी शासनको स्थापना र जनमैत्री सेवाको अभ्यास गरेका थिए। उनका कामकारबाही अझै पनि स्थानियबासीको स्मृतिमा ताजै छन्। उनी नेतृत्वमा पुगेको ठाउँमा सदैव शान्ति, सुरक्षाको अवस्था मजबुत भएको अनुभव गरिन्छ।बाजुरामा डिएसपीका रूपमा कार्यरत रहँदा तस्करी नियन्त्रण, अपराध न्यूनीकरण र लैंगिक हिंसाविरुद्धको पहलले उनलाई अझ लोकप्रिय बनायो। सर्लाही र कैलालीको टिकापुरजस्ता संवेदनशील क्षेत्रमा समेत उनले देखाएको दृढता, सक्रियता र निष्पक्षताको उदाहरण प्रशंसायोग्य रह्यो।

शक्तिशाली वा सत्तासीन व्यक्तिहरूको दबाबमा नझुकी कानुनअनुसार निष्पक्ष कार्य गर्नु उनका कार्यशैलीका बलिया आधार हुन्। सर्लाही, मधेस प्रदेशको एक संवेदनशील जिल्ला, जहाँ शान्ति सुरक्षाको चुनौती अरूभन्दा फरक किसिमको हुन्छ। डिएसपी भाटले यहाँ रहँदा सुकिला मुकिला वा सत्तासीन व्यक्तिहरूको प्रभावमा नपरी, निडरताका साथ कानून कार्यान्वयन गरेका थिए।

त्यस्तै, कैलालीको टिकापुरमा पनि उनले स्थानीय तनावलाई समाधान गर्न र समुदायमा आपसी विश्वास कायम गर्न निकै मेहनत गरेका थिए। टिकापुरको सामाजिक विविधता, ऐतिहासिक पृष्ठभूमि र घटनाहरूबीच उनले देखाएको संवेदनशीलता र सक्रियता उनका इमानदार कार्यशैलीको प्रमाण हो।

हाल उनी काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र स्वयम्भूको प्रहरी वृत्तको नेतृत्व सम्हालिरहेका छन । राजधानीको यो अति चापयुक्त क्षेत्रमा उनले सुधारको नयाँ अभ्यास गरेका छन्। कार्यालय व्यवस्थापनदेखि गस्ती प्रणालीसम्म उनले कार्यक्षमता बढाउनेतर्फ ध्यान दिएका छन्। प्रहरी सेवा सहज बनाउँदै जनतामाझ विश्वास बढाउन सक्ने प्रहरी अधिकृतका रूपमा उनले परिचय बनाएका छन्।

उनले संगठनभित्र अनुशासन कायम गर्न र सेवाग्राहीसँग उत्तरदायी व्यवहार स्थापित गर्न कठोर परिश्रम गरेका छन्। वृत्तअन्तर्गत रहेका स्थानहरूमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्न उनले चलाएका अभियानहरूको आम नागरिकले प्रशंसा गरेका छन्।

उनी नेतृत्वमा आएपछि वृत्तअन्तर्गत रहेका स्थानहरूमा नागरिक हरुले सहजै प्रहरी सेवा पाउन थालेका छन्। स्वयम्भू क्षेत्र, जहाँ दैनिक हजारौं पर्यटक, स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा साधु-सन्तहरूको आवतजावत हुन्छ, त्यहाँ सुरक्षाको प्रत्याभूति दिन उनले कुनै कसर बाँकी राखेका छैनन्।
स्मरण रहोस् :कोभिड १९ ले विश्व आक्रन्त भईरहेको समयमा डिएसपी उद्धव सिंह भाटलाई माफिया लागेर हटाउन खोजेको भन्दै बरहथवाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा ज्ञापनपत्र बुझाएका थिए । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा अब्बल मानिएका डिएसपी भाटसहितको प्रहरी प्रशासनले कोभिड १९ नियन्त्रणमा सक्रिय भएर काम गरिरहेको र केही माफिया व्यापारीहरुले काम गर्न नदिएको भनी नेपाल युवा विकास समाजको पहलमा हस्ताक्षरसहित ज्ञापन पत्र समेत बुझाएको थियो  । भाट डिएसपी बनेर गएपछि  सो क्षेत्रमा तस्करी गर्नेदेखि,अबैध मदिरा बनाउने सबैको निद हराम भएको थियोे ।

 तत्कालीन समयमा भाटले झुठो विवरण बुझाएर भारतीय नागरिकलाई नागरिकता दिने केहि अभियुक्तहरुलाई पनि पक्रिएका थिए । नेपाल सरकारले प्रयोगमा प्रतिबन्ध गरेका लागु औषधसहित थुप्रै अभियुक्तलाई भाटले ठाउँका ठाउँ कारबाही गर्दै लागु औषधसहित मुक्त क्षेत्र बनाउन सफल भएका थिए  । जसको फल स्वरुप डिएसपी भाट सर्लाहीबाट नागरिक अभिनन्दन सहित बिदा भएका थिए।

 

सामान्य नागरिकसँग आत्मीयता प्रदर्शन गर्ने र उनीहरूको समस्यामा संवेदनशील रहने डिएसपी भाट शक्तिशाली र पहुँचवालाहरूको प्रभावमा नपर्ने प्रहरी अधिकृतको रूपमा चिनिन्छन्। सादा जीवन, गहिरो कर्तव्यबोध र निष्पक्ष रुपमा काम गर्ने क्षमता उनका विशेषता हुन्। डिएसपी भाटले आफ्नो कर्तव्यप्रति पूर्ण इमानदारी देखाउँदै निष्ठापूर्वक सेवा गरेका छन्।उनले कानुनी मर्यादा र नैतिक जिम्मेवारीलाई प्राथमिकतामा राखी जनताको सुरक्षाको लागि निरन्तर खटिनुका साथै अपराध नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेका छन्। यिनै प्रयासहरूले उनको नेतृत्वमा प्रहरी संगठनप्रति आम नागरिकको विश्वास अझै गहिरो भएको छ।उनले सामान्य नागरिकलाई सेवादिने क्रममा एक न्यायमुर्तिकै स्वरुपमा न्याय दिलाउँदै आएका स्वयम्भूका बासिन्दाहरु बताउँछन् ।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि

2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
117 Shares