

महिला एसियन कप: नेपालले आज श्रीलंकासँग खेल्दै
काठमाडौं। एएफसी महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंका सँग खेल्दैछ।
खेल उच्वेकिस्तामा साँझ सवा ६ बजे सुरु हुनेछ। खेलमा श्रीलंका उच्वेकिस्तानसँग १०–० गोलले पराजित टोली हो भने नेपालले लाओसलाई ९–० गोलले हरायो।
उज्वेकिस्तानमा आइतबारबाट सुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले रवाफिलो प्रदर्शन गर्दै लाओसलाई ९–० ले पराजित गरेको थियो। यो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन्।
छनोटमा नेपालले अब आगामी शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ।
यो खेलको कप्तानी सावित्रा भन्डारीले सम्हालेकी छिन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० लाओसविरूद्धको खेल सुरू हुनु केही बेरअघि मात्र सावित्रालाई कप्तान घोषणा गरेको हो।
नेपालले सन् १९८६ बाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको थियो। सो बेला रमा सिंहले नेपाली टिमको नेतृत्व गरेकी थिइन्। त्यसपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भन्डारी, अनु लामा, सजना राना मगर, रेनुका नगरकोटी, निरू थापाले आर्म ब्यान्ड लगाएका थिए।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



