

यू–२० महिला एसियन कप छनोट: नेपाल आज भुटानसँग भिड्दै
काठमाडौं। नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ। भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ। समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्रा घरेलु टोली भुटानविरूद्धको खेलबाट सुरू गर्नेछ।
खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ। प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए।
यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन्। उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो। सो समूहमा रहेको अर्को टिम मङ्गोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।
नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ। ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन्। हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ।
दुई हप्ताअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। अन्तिम खेलबाहेक सबै खेलमा नेपालले गजबको प्रदर्शन गरेको थियो तर फाइनलमा रूपान्तरित बङ्गलादेशविरुद्धको अन्तिम भिडन्तमा नेपाल ४–० ले पराजित भयो।
प्रशिक्षक गुरुङले मङ्गलबार साफ यु–२० प्रतियोगिता एसियन कप छनोटका लागि राम्रो तयारी भएको बताए। प्रशिक्षक गुरुङले घरेलु मैदानमा खेलिरहेको हुनाले भुटानलाई कमजोर नआँकेको बताए।
यद्यपि नेपालले साफ यु–२० मा भुटानलाई दुई पटक फराकिलो अन्तरले हराएको थियो। नेपालले भुटानविरुद्ध पहिलो खेल ६–१ र दोस्रो खेल ८–० ले जितेको थियो।
साउदी अरबको महिला टिमलाई तुलनात्मक रूपमा अझ कमजोर मानिएको छ। प्रशिक्षक गुरुङलाई आफूलाई घरबाहिर आएर खेलेको जस्ता नलागेको बताए। नेपालकी कप्तान बिर्सना चौधरीले सबै टोलीलाई ध्यानमा राखेर तयारी गरेको बताइन्। यसै गरी भुटानकी प्रशिक्षक टङ्कमाया घलेले नेपालविरुद्ध सकारात्मक उ,र्जाका साथ खेल्ने बताइन्। प्रशिक्षक घलेले दुई नयाँ खेलाडीलाई टिममा सामेल गरेको जानकारी पनि दिइन्।
भुटानकी कप्तान सोनाम छोमोले उत्तर कोरिया धेरै बलियो टिम भएको तर घरेलु मैदानमा खेल्ने भएकाले उत्साहित रहेको बताइन्। उनले घरेलु समर्थकलाई टिमलाई समर्थन गर्न आग्रह पनि गरिन्।
उत्तर कोरियाका प्रशिक्षक री सोङ हो मौसमका हिसाबले उत्तर कोरियामा भन्दा भुटान हाई अल्टिच्युडमा रहेकाले आफ्नो टिमलाई स्वाभाविक खेल खेल्न अलि कठिन हुने धारणा राखे।
उनले आफ्नो टिमका लागि तिनै टिम नयाँ भएकाले राम्रो तयारी गरेको बताइन्। यसै गरी साउदी अरबका प्रशिक्षक जेभियर भिलामालाले हावापानीसँग अभ्यस्त हुन आफ्नो टिम २० दिनअघि नै भुटान आएको जानकारी दिए।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



