

महिला यू-२० एसियन कप छनोट: नेपालले उत्तर कोरियाको सामना गर्दै
काठमाडौं।भुटानमा जारी एसीसी महिला अन्डर ट्वेन्टी एसियन कप छनोटमा नेपालले आज बलियो टोली उत्तर कोरियासँग खेल्दैछ। उत्तर कोरिया यू-२० एसियन कपको च्याम्पियन पनि हो।
आजको खेलमा नेपालले जितको लक्ष्य लिएको छ। महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले अन्तिम खेललाई ध्यानमा राखेर साउदी अरेबियाविरुद्धको शुक्रवारको खेलमा पाँच परिवर्तन गरेको बताएका छन्।
शुक्रवारको खेलमा उनले पाँच खेलाडीलाई सुरुआति ११ मा अवसर दिए पनि दोस्रो हाफमा उनीहरूलाई प्रतिस्थापन गरेका थिए। साउदी अरबविरुद्ध नेपालले एक शून्यको साँघुरो जित निकालेको थियो।
एसियन कपमा छनोट हुने सम्भावना बाँकी रहेको कारण नेपालले उत्तर कोरियासँग उत्कृष्ट प्रदर्शनसहित नतिजा आफ्नो अनुकुलमा आउनु पर्नेछ। नेपाल समूह विजेता अथवा उत्कृष्ट दोस्रो टिम बन्न सफल भए एसियन कपमा छनोट हुनेछ।
खेल थिम्पुस्थिति चाम्लिङ्थाम रंगशालामा दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपालले दुई खेलबाट चार अंक बनाएको छ। पहिलो खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। उत्तर कोरियाले भने साउदी अरबलाई १५–० र भुटानलाई १०–० गोलले हराएको थियो।
समूह एमा रहेका भुटान र साउदी अरबको खेल पनि आजै हुँदैछ। दुई खेल खेलेको भुटानको एक अंक रहेको छ भने साउदी अरब अंकविहीन छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



