भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपालको जीत

काठमाडौं  । गोलकिपर अञ्जना राना मगरको चमकदार प्रदर्शनमा नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ। बुधबार सिक्किमको पाल्जोर रंगशालामा सम्पन्न खेल निर्धारित ९० मिनेटसम्म १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा नेपालको जितले अन्तिम रूप लियो।

यसअघि सोमबारको पहिलो खेलमा पनि नेपालले भारतलाई २–१ ले हराएको थियो। पेनाल्टी सुटआउटमा नेपालका सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकरले गोल गरे भने कप्तान अनिता बस्नेतको प्रहार बाहिरियो। भारतका प्रिया दर्शनी र अष्टम ओरामको प्रहार नेपाली वैकल्पिक गोलकिपर अञ्जना रानामगरले रोकिन्, जबकि सन्तोषको प्रहार पोस्ट बाहिर गएको थियो।

खेलको ३०औं मिनेटमा भारतले अग्रता लिएको थियो। नेपाली डिफेन्डर निशा थोकरको गल्तीको फाइदा उठाउँदै सौम्या गुगुलोथले गोल गरेकी थिइन्। गोलकिपर उषा नाथले २०१९ पछि पहिलोपटक खेल अवसर पाएकी थिइन्, तर उनले त्यो प्रहार रोक्न सकिनन्।

तर, पहिलो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो। कप्तान अनिता बस्नेतको कर्नरबाट आएको बललाई रश्मीकुमारी घिसिङले हेडमार्फत गोल गर्दै स्कोर १–१ बनाइन्। भारतविरुद्ध घिसिङको यो दोस्रो गोल हो । यसअघि सन् २०२२ मा पनि उनले विजयी गोल गरेकी थिइन्।

नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले यस खेलमा १० नयाँ खेलाडीलाई मौका दिएका थिए। इरानविरुद्ध ३–० ले पराजित भएको नेपालले भारतमाथि लगातार दुई जित निकाल्दै प्रदर्शनमा उल्लेखनीय सुधार देखाएको छ।

 

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
285 Shares