

” परान’ चलचित्रप्रति सबै आकर्षित: सिभिल मलमा के एल दुगड ग्रुपको कर्पोरेट शो
नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै देशभरका हलहरूमा दर्शकको भिड लागेको छ । दोस्रो हप्तामा पनि चलचित्रले उल्लेखनीय दर्शक उपस्थिति कायम राखेको छ ।
सामाजिक सञ्जालमा दर्शकहरूले फिल्मको कथा, अभिनय र भावनात्मक प्रस्तुतीको प्रशंसा गरिरहेका छन् । यही उत्साहबीच के एल दुगड ग्रुप परिवारले शुक्रबार साँझ सुन्धारास्थित सिभिल मलमा ‘परान’ को विशेष कर्पोरेट शो आयोजना गरी आफ्ना कर्मचारीहरूलाई सामूहिक रूपमा चलचित्र हेर्ने वातावरण मिलाएको हो ।
‘परान’ नेपाली समाजको पारिवारिक परिवेशमा आधारित हृदयस्पर्शी कथा हो । यसमा जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको
छ । चलचित्रले बाबुआमाले बुढेसकालमा सन्तानसँगको सामीप्य चाहँदा सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरीलाई यथार्थ रूपले चित्रण गरेको छ ।
चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह शीर्ष भूमिकामा रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका ‘भीष्मपितामह’ भनेर परिचित शाहले लामो समयपछि मुख्य भूमिकामा पुनरागमन गरेकाले चलचित्रमा विशेष चासो र आकर्षण बढेको हो । सबै उमेरका दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा बोकेको यो चलचित्रले पारिवारिक दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।
के एल दुगड ग्रुपका अनुसार, यस किसिमका सामूहिक सांस्कृतिक क्रियाकलापहरूले कर्मचारीबीच आपसी सम्बन्ध, आत्मीयता र सकारात्मक उर्जा सुदृढ गर्न मद्दत गर्छन् । समूहले सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत रूपमा प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएको छ ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



